समाचार

सप्तरीमा उर्लियो दलित जनसागर

सप्तरी २ फागुन । सप्तरीको राजविराजमा २५ हजार भन्दा बढी दलितहरूको उपस्थितिमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालको समुदघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम उदघाटन प्रमुख अतिथि राजेश विद्रोहीले परेवा उडाएर गरेका छन् भने कार्यक्रममा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको अवधारणा पत्रको पनि विमोचन भएको छ । मुलुकमा दलितमाथि जातीय विभेदकै कारण थुप्रै पशुवत घटनाहरु घटिरहेको छ । दलित समुदायलाई राज्यको अभावमा राखेर दमन शोषण गरेकोले अब दलितहरु एकजुट भएर सामना गर्नुपर्ने दिन आएको विद्रोहीले मन्तव्यमा भनेका छन् । आजकै दिन पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट जागरण अभियान उदघोष भएको प्रथमलाल रामले जनाएको छ भने यो अभियान काठमाडौंसँग जोड्ने अभियानता गंगा सदाले बताए ।
पूर्वी क्षेत्रीय संयोजक राजेश विद्रोहीको प्रमुख आतिथ्य र जागरण अभियानका सप्तरी संयोजक प्रथमलाल रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा डाक्टर मित्र परियार, चन्देश्वर दास, भोला पासवान, गंगा सदा, बद्री सदा, चन्द्र नारायण राम, रामप्रसाद राम, रामनाथ मण्डल, ललिता दास लगायतको उपस्थिति थियो ।