• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको पतारीमा स्वास्थ चौकी मै बर्थिग सेन्टर संचालन

नेपाल पोस्ट दैनिक
    January 15, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ माघ –  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –१ मा पाँच बेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकीको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने र गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमा बिधिवत रुपमा अस्पतालको उदघाटन भएका छन् । 

जग्गादाता साहले नेपाल सरकारबाट आब २०७६/७७ मा पिप्रा स्वास्थ्यचौकी लाई १५ बेडको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । सो अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले ७ कठ्ठा जग्गा दान गरेको थियो ।

एक पालिकामा एक अस्पताल बनाउने सरकारको लक्ष्य छ ,गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ , उनले थपे सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष साहले बताए । जग्गादान गरेर स्थानीय विन्देश्वर साहले प्रसंशनिय काम गरेको छ, उहाँलाई पुस्तै पुस्ताले सम्झिरहने छ र पालिकाले पनि सदैव सम्मान गर्ने अध्यक्ष साहको भनाई रहेको थियो ।

उदघाटन समाहरोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा उदघाटनले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए । जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण काम गरेको उनले प्रसंसा गरेका थिए ।

जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । दर्ता गर्दा उक्त भवन स्वास्थ्य चौकीको नामले दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न नसकेको अध्यक्ष साहले भने ।

वडा नम्बर ६ का वडा अध्यक्ष राजेश्वर साह सुडि , २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवार , ५ का वडा अध्यक्ष देवकुमार यादव , नेकपाका नेता बिरेन्द्रकुमार साह , समाजसेवी अशोक मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

उदघाटन कार्यक्रममा हेलो मिथिला संस्कृतिक समूह जनकपुरधामका कलाकारको एक टिमले मैथिली कला, संस्कृती भल्किने खालका प्रतिभा प्रस्तुत गरेका थिए । गायक एवम व्यवस्थापक नवीन कुमार मिश्र , पुनम शर्मा लगायतका टोलिहरुले मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सिअहेव ९ अधिकृत अनिल कुमार साहले उदघोष गरेका थिए । 
कार्यक्रममा बोल्ने अधिकासंले अस्पतालका लागि चिया बेचेरै करोडौको जग्गादान गर्ने विन्देश्वर साह हलुवाईको प्रसंशा र सम्मान गरेका थिए । स्वास्थ्य संस्था जिवनदान दिने संस्था हो भन्दै वक्ताहरुले जग्गादान गरेर उहाँले समाजमा महत्त्वपूर्ण एतिहासिक कार्य गरेको बताएका थिए । यता जग्गा दाता साहको उक्त कार्यक्रममा उपस्तिथिती थिएन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑