• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नागरिक समाज संस्थामा युवामैत्री सुशासनका लागि सामुदायिक अंकपत्रको प्रयोग सम्बन्धी कार्यशाला जनकपुरमा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 30, 2020  मा प्रकाशित

Spread the love
      

जनकपुर,मंसिर १३ गते ।                                          नागरिक संस्थामा सुशासन कायम गराउनका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । आम नागरिकको नागरिक संस्थाप्रतिको धारणा परिवर्तनका लागि नागरिक समाज संस्थामा युवामैत्री सुशासन आजको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका स्थित रहेका पाँच नागरिक संस्थाहरुले छुट्टाछुट्टै आयोजना गरेको छलफल कार्यक्रममा सहभागी युवाहरुले यस्तो वताएका छन् । गैरसरकारी संस्थाहरुमा देखिएको समस्याहरुको सवालमा छलफल गरेका थिए ।
स्थानीय नागरिक संस्थाहरुको अवस्था विश्लेषण र विधानमा भएका व्यवस्था अनुसार संचालनको अवस्था तथा प्रजातान्त्रिक विधिमा आधारित भए नभएको अवस्थाका विषयमा संस्थाका पदाधिकारी,संचालक समिति,सल्लाहकार समिति,साधारण सदस्यहरुको सहभागितामा नागरिक संस्थाहरुको अवस्था मापनका लागि सामुदायिक अंकपत्रको प्रयोग गरेका थिए ।
नागरिक समाज संस्थाहरुले जनकपुरधाममा आयोजना गरेका सेवा प्रदायक,सेवाग्राही र सेवाग्राही र सेवाप्रदायकका बीचमा नागरिक संस्थामा आवश्यक रहेका सुचि तयार गरि संस्थाका आधार स्तम्भ र अंक प्रदान गरेका थिए ।
नागरिक संस्थाहरुले आयोजना गरेको छलफल कार्यक्रममा समाबेशी सुशासन, नेतृत्व र रणनीति, जन वकालत र पैरवी,बैधानिकता, पहिचान, रणनीतिहरु र आवश्यक सीपहरु, आर्थिक तथा प्रशासनिक ब्यवस्थापन , दिगोपना, उथ्थानशीलता र सान्र्दभिकता, सिकाई ब्यवस्थापन दस्ताबेजीकरण र बाह्य सम्बन्धका विषयमा छलफल भएका थिए ।
नागरिक समाज संस्थामा आवद्ध रहेका युवाहरुको उत्तरदायित्व र आन्तरिक सुशासन सुधार गर्ने,संस्थाको क्षमता निमार्ण गर्ने,सामुदायिक अंकपत्रको कार्यान्वयन गर्ने,संस्थाका पदाधिकारीहरु र स्थानीय सरकारबीच उत्तरदायित्व र समावेशीकण निमार्ण गर्ने कार्यमा सहयोग गर्नका लागि छलफल केन्द्रीत रहेका थिए ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएओको व्यवस्थापनमा नेपाल युवा संस्था सञ्जाल(आयोन) को साझेदारीमा संचालित समाबेशी उथ्थानशीलता र जवाफदेहिता प्रर्वद्धनका लागि युवा संजाल सुदृढिकरण (प्रयास) परियोजना अन्तर्गत स्थानीय स्तरमा रहेका आयोनका सदस्य संस्थाहरु गरिवी निवारण तथा वातावरण संरक्षण नेपाल,उन्नत नेपाल,हनुमान युवा कल्ब,जन प्रेरणा केन्द्र,समाज विकास सेवा केन्द्रले सामुदायिक अंकपत्र प्रयोग विधिको प्रयोग गरेका छन् ।
संस्थाहरुले गरेका छलफल कार्यक्रममा उठेका सवाल र नागरिक संस्थाले सुधार गर्नुपर्ने पक्षहरुका विषयमा संस्थाले अगामी दिनमा कार्ययोजना तयार गरि समस्या समाधानका लागि कार्य गर्नेमा प्रतिवद्धता जाहेर गरेका छन् ।
कार्यशालामा नेपाल युवा संस्था संजाल(आयोन) का परियोजना संयोजक जागेश्वर यादव,भिएओ नेपालका सत्यम गुरुङ्ग,आयोनका सदस्य संस्थाका सहजकर्ताहरुले सहजिकरण गरेका थिए । विभिन्न चरणमा भएको छलफल कार्यक्रममा नागरिक समाज संस्थाका २ सय ७५ जना युवाहरुको सहभागिता रहेका आयोनका परियोजना संयोजक जागेश्व्र यादवले वताए । संयोजक यादवका अनुसार नागरिक समाज संस्था समावेशी र प्रजातान्त्रिक विधि र वधानमा आधारित भएर संचालन गर्नका लागि अगामी दिनमा आयोनले क्षमता अभिबृद्धिका लागि समन्वय र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑