महेश सिंह सिरहा लहान ४ पुष –
सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिका ईटहर्वामा राम जानकारी बिवाह पंन्चमी मोहोत्सब सम्पन्न भएको छ। मेला अध्यक्ष राम बाबु यादवको अध्यक्षतामा मेला सुरु भएको थियोे ।उक्त मेला मोहोत्सबमा बयलगाडा प्रतियोगिता समेत हुने गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा सिरहा क्षेत्र नम्बर १ का प्रदेश सांसद अशोक कुमार यादव ले भने यो बिवाह पंचमि मेला लाई एक दिने मेला होइन यो मेला लाई एक हप्ते मेला बनाउन गाउँ पालिकाका अध्यक्ष केदार नाथ यादव लाई आग्रह गरेका थिए।उक्त मेला ब्यापार ,पर्यटक र धार्मिक दृस्ठि कोणले राम्रो हुने बताउनु भयो ।
अतिथिहरुमा नेकपा को युवा नेता सत्य नारायण यादव ,नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेस्वर गुप्ता , नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह , पालिका खबरका पत्रकार संजय बिश्वकर्मा न्युज टिभि युटुबका पत्रकार संतोष यादव अनुभक्त चौधरी राशिन्द्र यादव युवा नेता हरि यादव, नेकपाका युवा नेता बद्रीनारायण चौधरी, लगायतका सयौं राजनिती दलका प्रतिनिधिर बुधिजिबिहरुको सहभगिता रहेको आयोजकले जानकारी दिनु भयो ।
बिवाह पंचमीको उपल्क्षमा सिरहामा बयलगाडा ,गोरुदौड, सम्पन्न भएको छ । प्रत्येक बर्ष बिवाह पंचमीको दिन उक्त ठाउँमा एक दिने मेला लाग्ने भएको छ । मेला हेर्न सिरहा ,सप्तरी र छिमेकी मुलुक भारत लगायका मानिसहरु आउने गरेको छ ।
बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोजना गरिन्छ । दौड प्रतियोगितामा सिरहा र सप्तरीका दर्जनौं गोरुले बैलगाडी लिएर सहभागी हुने गरेको हो। उक्त प्रतियोगितामा
सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिका वडा नम्बर ४ का सचिता नन्द भिनवार यादव सानो यादवको गोरुले प्रथम भएको हो भने सप्तरी जिल्लाको मौवाहाको पवन यादवको गोरुले दोश्रो भएको छ। तेसैगरी सिमरा ४ का जगरनाथ यादव
का गोरुले तेस्रो हुनु भएको थियो ।
ईटहर्वा र मल्हनियांको बिचमा पर्ने बलान नदीमा भएको उक्त प्रतियोगिता सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएका थिए । सांस्कृतिक कार्यक्रममा युवा चर्चित गायक सरोज सन्त ,रन्जिता चौधरी, नितु श्रेष्ठ ,त्रिवेनि कुमारी लगायतका कालाकारहरुले नित्य प्रस्तुत गरेका थिए ।
सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथनन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्गशुक्ल पञ्चमी तिथिमा श्रीरामजानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख छ । सो विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ ।
राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाहपञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा र लावालस्करसहित जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
हजारौँ वर्षपूर्व त्रेतायुगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू समुदायको आस्था र विश्वासको केन्द्रका जनकपुरधाममा मुलुकका विभिन्न ठाउँलगायत छिमेकी मुलुक भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।
हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्रशुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा तथा त्यसको एक महिनापछि व्रशाखशुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ।
त्यस्तै श्रावणशुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुणशुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाललीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागुपूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ ।