• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

औरहीमा पन्ध्र शैयाको अस्पताल शिलान्यास

नेपाल पोस्ट दैनिक
    December 11, 2020  मा प्रकाशित

Spread the love
      

धर्मेन्द्र कुमार पासवान
लहान २५ मंसिर – प्रदेश २ स्थित सिरहाको औरही गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल शिलान्यास भएको छ । संघीय सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्तर्गत ग्रामीण समुदायको स्वास्थ्य सेवामा सहज पहुँचको लागि अस्पतालको शिलान्यास भएको छ ।
अस्पताल शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि सिरहा क्षेत्र नं-२ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवले शुभकामना मन्तव्य राख्दै भने- “जब सम्म स्वास्थ्य सेवामा सबै नेपालीको सहज पहुँच हुँदैन तब सम्म हाम्रो देश वासी छिमेकी मुलुक भारतको अस्पतालहरुमा ध्याय रहन्छ । सिरहाका उत्तरी भेग लोकमार्गका नजिकका वासीहरुको यातायात सेवाको सहज पहुँच भएकाहरु उपचारका लागि तुरुन्त धरान विराटनगर गइहाल्छ ।
बढी जनघनत्व भएको दक्षिणी भेगको यो अस्पताल समयमा संचालन गर्न औरही गाउँपालिकालाई अनुरोध होईन यस क्षेत्रको प्रतिनिधि सभाको हैसियतले निर्देशन दिइरहेको छु । साथै यस अस्पतालमा प्रसुती सेवा शल्य चिकित्सक विशेषज्ञको पनि सुविधा होस् ताकी यस भेगका दिदीबहिनीको अकालमा मृत्यु नहोस् ।” हरेक नेपालीको स्वास्थ्य कार्ड होस् । त्यो कार्ड लिएर नेपालको कुनै पनि अस्पतालमा उपचार नि:शुल्क होस् यसको लागि सदनमा पनि कुरा उठाउदै आएको प्रतिनिधि सभा सदस्य यादवले वताए ।
‌अस्पताल शिलान्यास कार्यक्रमको अध्यक्षता गरेका औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले भने -“औरही गाउँपालिकाले यस अस्पतालको भवन दुई वर्ष भित्रमा नै सम्पन्न गरि अस्पताल संचालन पनि समय अगावै योजना छ । सर्पदंश उपचार केन्द्र टाढा भएकोले वर्षेनि हाम्रो पालिकामा सर्पदंशको कारणले कुनै न कुनै पालिका वासीको अकालमा ज्यान गुमाउनु पर्छ ।
‌ हामीले अस्पतालमा सर्पदंश उपचार केन्द्र पनि संचालन गर्ने योजना छ । प्रत्येक वडामा माध्यमिक विद्यालय स्थापना गर्ने लक्ष्य रहेको छ । मावि औरही लाई प्राविधिक धारको स्थापना र स्नातक कार्यक्रम संचालन गर्ने अध्यक्ष यादवले जिकिर गरे ।
गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलदेव यादवले भने-औरही गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्याश हुंदा एक दम खुसी भएको छु । यो एक वर्षिय योजना होईन वहुवर्षिय योजना हो । त्यसैले यो अस्पताल समयमा नै संचालन हुनेछ । यस अस्पतालका परिपुरक र समपुरक यस पालिकाका जनप्रतिनिधि हुन । कार्यालयको तर्फबाट यो अस्पताल संचालनको लागि म प्रमुख प्रशाकीय अधिकृतको हैसियतले कुनै कसर बाकी नराख्ने अधिकृत यादवले जानकारी गराए ।
मन्तव्यकै क्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले विगतका दिन सम्झदै भने -वि.स २०४८ सालमा उप-स्वास्थ्य चौकीको रूपमा स्थापना हुँदै २०५३ सालमा स्वास्थ्य चौकीको स्तरोन्नती गरि प्राथमिक स्वास्थ्य केन्द्र हुंदै अस्पताल बन्नुमा औरहीको राजनीतिज्ञ पहुँच पहेलि देखि नै सत्तासङ्ग रँहदै आएको छ । फलस्वरूप हामीले १५ शैयाको अस्पताल पाएको स्वास्थ्य संयोजक यादवले जनाए ।
समाजसेवी तथा पूर्व शिक्षक श्याम नन्दन यादवले गाउँपालिका माथी प्रश्न गर्दै भने- प्रदेश सरकारले उपलब्ध गराएको बजेट किन उपयोग भइरहेको छैन ? प्रदेश सरकारको डेढ करोड बजेट गाउँपलिकाले किन खर्च गर्न सकेन । फ्रीज किन भयो ? हामी गाउँपालिकाको विकासको काममा सहकार्य गर्न तयार छौं । प्रदेश सरकारले फेरि पनि मावि औरहीलाइ ५० लाख उपलब्ध गराएको छ । आफुलाइ अझै पनि यो बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको समाजसेवी यादवले दुखेसो पोखे ।
‌ वडा नं-४ का वडा अध्यक्ष उपेन्द्र प्रसाद यादवले भने-गाउँपालिकाको आफ्नै भवन कहिले बन्छ ठेगान छैन हाम्रो प्रशाकीय कार्यालय अहिले पनि भाडाकै भवनमा छ । हामीसंग जगाको कमी छैन, बजेटको पनि कमी छैन । गा.पा अध्यक्षको इच्छा शक्तिको कमी रहेको गुनासो वडा अध्यक्ष यादवले व्यक्त गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑