लहान , २ मंसिर । धनगढीमाई ५ मा कात्तिक १ गते जग्गा विवादमा १० कठ्ठा जतिकाे धानमा अागाे लगाएर नष्ट गरेकाे छ । शत्रुधन चाैधरिका ६ दाजुभाइले उनकाे खेतबाट ल्याएर थन्क्याएर राखिएको धानमा ईश्वरलाल चाैधरिकाे अगुवाइमा जुरिलाल चाैधरिले अागाे लगाएर नष्ट गरेकाे छ । शत्रुधनका दाजुभाइ सबुरलाल,जुरिलाल, मिश्रिलाल, ईश्वरलाल, छविलाल र जंगबहादुरले जग्गामा उब्जिएको धानमा अाफ्नाे अधिकार हाे भन्दै अागाे लगाएकाे हाे । जहाँ ८ बर्ष पहिले सात दाजुभाईबिच अंशवण्डा भइसकेकाे छ । साे जग्गामा स्थानिय बिरेन्द्र महताेले धान खेति बटैया गरेका थिए । महताेले उहाँ दाजुभाईकाे जग्गा विवाद हाेला तर खेति म गरेकाे छु । धानले के गरियाे । म गरिबकाे लागि यहि खेतकाे उब्जनिले सालभरि पेट पाल्छु । याे खेतकाे कम्तिमा १८ क्वान्टल धान थियाे । सबै खरानी भएकाे छ । धानकाे क्षतिपूर्तिकाे लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिपुरपतारिमा ४० हजारकाे बिगाे राखेर उजुरि दिएकाे पिडित शत्रुधनले बताए । उनले भने दाजुभाईले पटक पटक मार्ने धम्कि दिदै अाएकाे छ ।
सम्बन्धित खबर
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
सरस्वती नदीको उद्गगमस्थल संकटमा धार्मिक आस्थाको केन्द्र खेतमा परिणत हुँदा स्थानियद्धरा संरक्षणको माग
