प्रदेश २ · मुख्य समाचार

चिसोमा बिरामी हुनबाट बचाउने खानेकुरा

एजेन्सी  २ मंसिर – नेपालका उत्तरी क्षेत्रमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ ।

चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न सक्ने भएकाले चिसो हुन नदिन खानामा थप चिजहरु सामेल गर्नुपर्छ ।

लसुन
लसुन खानामा स्वाद बढाउनका लागि प्रयोग गर्ने गरिन्छ । लसुनमा भारी मात्रामा औषधिय गुण हुन्छ । बिहान सबेरै उठेर लसुनको एक केस्रा खाने गर्दा चिसो लाग्ने, रुघाखोकी लाग्ने र अन्य फ्लु लाग्ने समस्याबाट बचाउँछ । त्यस्तै, लसुनलाई दूधमा उमालेर पिउँदा बच्चाको स्वास्थलाई स्वस्थ्य राख्छ । लसुनमा भारी मात्रामा प्राटिन, भिटामिन र फस्फोरस पाइन्छ ।