कपिलवस्तु मंसीर २ – कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ । बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले जिल्लाको यशोद्धरा गाउपालिका ७ क्षेत्र बाट अवैध रुपमा भन्सार छली १ लाख २५ हजार बराबरको औषधी र रंगपुर क्षेत्र बाट २५ हजार बढीको कपडा र मटर बरामद गरेको हो ।
भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती समानहरु चेक जाँच गर्दा भन्सार छलेर ल्याएकोे हुदा ती सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।
कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
