प्रदेश २ · मुख्य समाचार

सञ्चारकर्मी मनीषाको उपचारका क्रममा मृत्यु

तुलसीपुर मंसीर २। सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा आज बिहान साढे ४ बजे मृत्यु भएको बताईएको छ ।
तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.क. ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयक थिइन् ।