अमेरीकाको ईतिहासमा पहिलो पटक महिला उपराष्ट्रपतिको रुपमा कमला ह्यारीस बिजयी
नेपाल पोस्ट दैनिक
November 8, 2020
मा प्रकाशित
Spread the love
एजेन्सी कार्तिक २३ । अमेरीकाको राजनीतिक ईतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । उनी हुन् कमला ह्यारीस् दक्षिण एशियाली मुलकी । अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन आएसगैँ उनको पनि भाग्य चम्किएको हो ।
कमला ह्यारीस भारतीय मुलकी नागरिक हुन् । उनकी आमा भारतीय नागरिक स्यामला गोपालन हुन् । उनका पिता ह्यारीस पनि जमईकाबाट आएका थिए । सन् १९६० को दशकमा जमईकाका तीनै नागरिकसगँ गोपालनले बिहे गरिन् र उनीहरुको सन्तानको रुपमा कमला जन्मिएकी थिईन् ।
महिला त्यसमा पनि अस्वेत महिलाले पहिलो पटक अमेरीकामा ईतिहास रचेको छ ।
यस अघि अघिल्लो निर्वाचनमा पनि हिलेरी क्लिन्टन राष्ट्रपतिका लागि उम्मेद्धार थिईन् तर उनले थुप्रै लोकप्रियताका बाबजुद ट्रम्पलाई उछिन्न सकेकी थिईनन् ।
कमला भारतीय मुलकी आमाको सन्तान हुँदा हुँदै पनि कास्मीरमा मोदी सरकारले धारा ३७० खारेज गरी लगाएका प्रतिवन्धहरुको बिरोधमा यस अघि बोलेकी थिईन् ।