प्रदेश २

विधालयको सरसफाई र नि. संक्रमिकरण सामग्री वितरण

रोहित कुमार मण्डल , सप्तरी (कुशहा) १९ कार्तिक । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला सबल नेपालले नियन्त्रण तथा रोकथामका लागि सप्तरीको सुरुङ्गा नगर पालिका र खडक नगर पालिकाका जम्मा ७१ वटा बिधालयलाई स्वास्थ तथा सरसफाई सामग्री वितरण गरेका छन् ।                   
सम्मुन्ती कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको तथा सबल नेपालको सहयोगमा र सुरुङ्गा नगरपालिका र खडक नगरपालिका सप्तरीको आयोजनामा सुरुङ्गा नगर पालिकाको ३१ विधालय तथा खडक नगर पालिकाको ४० विधालयको माध्यमिक विधालय तहका लागि १० किलोग्राम, अधारभुत तहका लागि ८ किलोग्राम तथा प्राथमिक बिधालय तहका लागि ५ किलोग्राम दरले गिलिचिगा पाउडर ५ लिटरका दरले सेनिटाईजर, र स्प्रे मेसिन १६ लिटर क्षमताको स्वास्थ सामग्री वितरण गरेको आयोजक संस्था सबल नेपालका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिनुभयो ।                                 
कोरोना भाइरसको संक्रमणबाट विधालयका बालबालिकालाई जोगाउन अभिभावक तथा स्याहारकर्ताले अपनाउनु पर्ने सुरक्षाका उपायहरु बारे स्वास्थ सह संयोजक आन्द चौधरीले प्रशिक्षण दिएको श्रोत ब्यक्ति भोगेन्द्र कुमारले जानकारी दिनुभयो ।
कार्यक्रमा नगर प्रमुख मुतिmनाथ चौधरीले सम्पूर्ण स्वास्थ सामग्री विधालयका प्रधानाध्यापकहरुलाई हस्ताणतरण गरेको आयोजक संस्था सबल नेपालका सामुदायिक परिचालक श्रवण कुमार पासवानले जानकारी दिनुभयो ।                             विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न तथा रोग फैलिन नदिन व्यतिmगत तवरमा सुरक्षाका उपायहरु अबलम्बन गर्न शिक्षक तथा बिधार्थीहरुलाई स्वास्थ सामग्री वितरण कार्यक्रममा सबै प्रधनाध्याकहरुमा अनुरोध गरेको सबल नेपालका अजय कुमार साहले जानकारी दिनुभयो ।