राजविराज १६ कार्तिक – हिन्दू परिषद नेपाल सप्तरी जिल्ला कमिटी द्वारा आज सखडा छिन्नमस्ता स्कुल प्राङगनमा शुभकामना आदान-प्रदान एवं माक्स बितरण कार्यक्रम सम्पन भएको छ। छिन्नमस्ता गाँउपालिका संयोजक निर्मल यादवको सभापतित्वमा एवं परिषदका केन्द्रिय सदस्य मनोज मण्डल प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा चर्चित गायक कमल मण्डल, स्थानीय अगुवाहरु लालबहादुर जी,सुशील मण्डल, गंगा यादव,सुबी यादव सहितको सहभागिता रहेको थियो।साथै हिन्दू परिषद नेपाल सप्तरी जिल्ला कमिटीले शनिवार राजविराजमा पनि शुभकामना आदान-प्रदान र माक्स बितरण गरेको थियो।सो कार्यक्रममा हिन्दू परिषद नेपालको पुर्व सप्तरी जिल्ला अध्यक्ष सुनिता साह,परिषदका केन्द्रिय सदस्य मनोज मण्डल,युवा नेता भगवति प्रसाद शर्मा,प्रधानध्यापक अमरलाल मण्डल ,सत्यनारायण यादव,देवन सदा ,राधेश्याम यादव ,वडा सदस्यहरु शिवनारायण मण्डल ,अरुण कुमार देव,पत्रकार अशोक क्षा सहितको सहभागिता रहेको थियो।परिषदका कार्यवाहक सप्तरी जिल्ला अध्यक्ष मान्ती सदाको सभापतित्वमा सम्पन कार्यक्रम चर्चित गायक कमल मण्डलले सहजी कारण गरेका थिए।नेपालीहरुको प्रमुख पर्व बड़ा दशै,दीपावली र छठ पर्वको अवसरमा २ दिने कार्यक्रम परिषदले आयोजना गरेको थियो।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
