प्रदेश २ · मुख्य समाचार

बाढिपहिरोमा परेकाहरुको एपीएफ टोलीद्वार उद्वार

रुपन्देही, असोज ८ः जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका २ भर्तापुर गाउँमा अविरल वर्षाको कारण तिनाउ खोलको वहाव बढ्न गई डुवान परेका घर परिवारलाई एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले डुवानमा परेका घर परिवा, अन्नपात र पशुचौपायाहरुलाई सुरक्षित स्थानमा सारको हो ।

यसैगरी झापा जिल्लाको बाह्रदशी गाउँपालिका ७ डाँगीबारी स्थित तुलसी टोलमा बिरिङ खोलाले कटान गरी उच्च जोखिममा परेका सात घरपरिवालाई एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भागडुब्बाबाट खटिएको एपीएफ टोली उनीहरुको उद्वार कार्यमा खटिएको थियो ।

यसैगरी सोही जिल्लाकै हल्दिवारी गाउँपालिका ३ स्थित देउवीया खोलाले कटान गरी जोखिममा परेको एक घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।