महेश सिंह सिरहा लहान ५ असोज – लकडाउनको कारण रोजगारी गुमाएका यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तीहरुलाई जिबन ज्योति समाज लहान द्धारा राहत वितरण गरेको छ।सिरहाको विभिन्न ठाँउका फर क्षमता भएको परिवारलाई राहत दिएका हुन। बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा – बन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको छ् । हाल सम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण गर्न नसक्दा लकडाउन थपिदै गएको अबस्था छ। आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवार र समाज बाट अपहेलित शारीरिक रुपमा फरक क्षमता भएको यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तीहरु बिगत करीब ६ महिना देखि रोजगारी गुमाएका छन्।उनिहरुको घर परिवार चलाउन समस्या भएको छ्।उनिहरुको समस्याको मध्य गर्दै मनकारी युवाहरुको एक संस्थाले जिबन ज्योति समाज लहान द्धारा यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ५ जना परिवारलाई राहत वितरण गरेको हो । राहत सामग्रीमा १ बोरा चामल ,हात धुने साबुन १ पिस , ब्रस , तुथपेस्ट ,सेनिटाईजर,टवाईलेट प्रयोजनको लागि हर्फिक,फिनाईल,लगायतका सामग्रीहरु वितरण गरेका हुन् । साथै निल हिरा समाज (BDS) केन्द्रिय कार्यालय काठमाडौंका पदाअधिकारी उमेश श्रेष्ठको पहल र जिवन ज्योति समाजको अगुवाईमा ५” जना गरी जम्मा १० जना यौनिक लैङ्गिक ब्यक्तीहरुलाई राहत दिएका हुन राहतमा खाद्यान्न सामग्री र स्वास्थय रहित सामग्री वितरण गरेका जिवन ज्योति समाज लहानका कार्यालय प्रमुख लक्ष्मेश्वर प्रसाद यादवले जानकारी दिनु भयो । राहत पाउदै पीडितले खुशी व्यक्त गर्दै राहत दिने ब्यक्ती र संस्थालाई धन्यवाद दिएका छन् ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
