गौरीशंकर जयसवाल ,परासी १ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १७ मा स्थानीय जग्गाधनी र उपभोक्ता समिति बिच सड्क निर्माणका बिषयमा बिवाद हुदा रकम फिज भएको छ । रामग्राम १७ पिपरहियामा स्थानीय पूर्वाधार बिकास साझेदार कार्यक्रमको बिनीयोजित रकम १४ लाख ८६ हजार मध्ये ६ लाख रकम विबदका कारण फिज भएको उपभोक्ता समितिका अध्यक्ष जय नारायण धवलले बताएका छन । विबाद भए पछि गन्डक नहर देखि बिष्णु मार्ग आसीसी बाटो निर्माण अधुरो भएको छ ।आर्थिक वर्ष ०७६÷०७७ को उक्त योजना ०७७ असाढ १५ मा सम्पन्न हुनु पर्नेमा सम्पन्न हुन नसके पछि अधुरो भएको हो । उपभोक्ता समितिले उक्त सड्क निर्माणमा नगर प्रमुख नरेन्द्र गुप्ताले स्थानीय रामानन्द कोईरी र शारदा देबि जैसवालको पक्ष लिए र बिबाद गराएको उपभोक्त समितिले लगाएको छ । उता स्थानीय रामानन्द कोईरी र शारदा देबि जैसवालले प्रदेश सभासद बैजनाथ जैसवाल र रामग्राम नगर पालिका १७ का बडा अध्यक्ष जित बहादुर गोसाईले उपभोक्ता समितिलाई उचालेर बिवाद गराएको बताएका छन । स्थानीय रामानन्द कोईरी र शारदा देबि जैसवाल पक्षले रामग्राम नगरपालिकाको कार्यालयमा २०७७ ÷१२÷७ मा भएको सहमति कार्यान्वयन हुनु पर्ने र टोला मार्ग,पूर्व सोइया मार्ग र डि मार्गको बिबाद एकै पटक समाधान गर्नु पर्ने कोईरी र जैसवाल अडान झन विबाद बढेको बताइएको छ । उनिहरुले अहिले निर्माण हुन लागेको सड्कमा आप्नो गाउँ ब्लकको जग्गा रहेको हुदा आफुहरुले टोला मार्ग,पूर्व सोइया मार्ग र डि मार्गको विबाद समाधान भए मात्र गन्डक नहर देखि बिष्णु मार्ग आसीसी बाटो निर्माणमा सहयोग गर्ने बताएका छन । उपभोक्ता समितिका पदाधिकारीले निर्माण हुन लागेको गन्डक नहर देखि बिष्णु मार्ग आसीसी बाटोको जग्गा सार्वजनिक भएको दाबि गरेका छन । दुबै पक्षको आ आप्नै दाबिका कारण ६ लाख रकम फ्रिज भएको छ भने सड्क अधुरो रहेको छ । सड्क निर्माणका बिषयमा बिबाद भएपछि रामग्राम नगरपालिकाको पिपरहियामा दिनहु दुई पक्षबिच कुटाकुट समेत हुने गरेको छ । प्रदेश सभासद बैजनाथ जैसवालको निर्देशनमा रामग्राम नगरपालिका १७ का वडा जित बहादुर गोसाई अध्यक्षको नेतृत्यमा उपभोक्ता समितिका पदाधिकारी लगायतले आफुहरुलाई कुटपिट गर्ने र आप्नो घरमा रहेका संरचना समेत भत्काएको आरोप अजय जैसवालले वताए ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
