• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मिर्चैयाका मेयर तानाशाही, भ्रष्टाचारविरुद्ध सर्वपक्षीय आन्दोलन

नेपाल पोस्ट दैनिक
    September 8, 2020  मा प्रकाशित

Spread the love
      

दिनेश्वर गुप्ता ,लहान, २३ भदौ । दमन, शोषण, सामन्त जिमिन्दार तथा भ्रष्टाचारविरुद्ध माओवादी आन्दोलनले यो समाजको जरो हलाइदियो । यसका प्रतिक राजतन्त्रको विउसमेत मासेर गणतन्त्र संस्थागततर्फ लागेको अवस्थामा माओवादी तथा नेकपाबाट निर्वाचित मेयर श्रवण यादव त्यो जरोमा मलजल हाल्दै मिर्चैयाका जनताविरुद्ध तानाशाही रुपमा अग्रसर भइरहेको नेपाल कम्युनिष्ट पार्टीका जिसस जिवछ साहको कथन हो ।
पत्रकार उमा सिँहको हत्या प्रकरणमा जेलको यात्रा तयका मेयर श्रवण यादव सफाई पाएर मिर्चैैया नगरपालिका चलाइरहेका छन् । छाप्रोको घरबाट राजनीतिक गरेका मेयर यादव अहिले अलिसान महलका राजशाही बनेको प्रदीप मण्डलले बताए ।
कम्युनिष्टको नाममा मेयर यादव अहिले मिर्चैया नगरपालिकामा चरम अनियमितताको रथ चढेर यो गणतन्त्रमा तानाशाहीको जन्मदाताको रुपमा अग्रसर भइरहेकोले स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ ।
सर्वदलीय संयुक्त संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेयर यादवको विरुद्धमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिले भदौ २६ गते मिर्चैयामा र्याली प्रदर्शन, २८ भदौमा राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको आरोप छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफू अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको उनीहरुले बताए ।
मेयर यादवले अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफू अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनीहरुको आरोप छ ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने गरेको छ । नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटकपटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय कुमार साहले बताए ।
‘मेयर हुनुभन्दा अगाडि उहाँ मोहन माविको अध्यक्ष थियो,’ नेकपाका प्रदिप महासेठले भने, ‘त्यो बेला विद्यालयमा गरेको अनियमितता ढाकछोप गर्न मर्यादालाई बिर्सेर गैर अभिभावकको बलमा मेयर श्रवण यादव आफै व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिलाई नै निर्माण समितिमा परिणत गरेर विद्यालयमा चरम भ्रष्टाचार गर्दै आएको उनको दाबी छ ।
नगरक्षेत्र भित्रको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा तथा मेयरले अनुचित लाभ लिनु, मोहन माविको जग्गालाई व्यक्तगत रुपमा प्रयोग गर्नु, आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर सो काम पेटीमा ठेकेदारलाई दिनु लगायतका गतिविधिबाट मेयरको भ्रष्टाचारी नीति प्रष्ट भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहले दाबी गरेका छन् ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको गुनासो छ । सरकारी बजेटलाई मेयर यादवले आफ्नो निजी झैँ ठानेको नेकपाका जीवछ साह बताउँछन् ।
स्थानीय सरकार आएपछि विकास र परिवर्तन हुनुपर्नेमा यहाँका नेतृत्वको गैर जिम्मेवारपन पाराले यो नगरपालिका झन पछि पर्दै गएको जसपाका रामेश्वर यादवको भनाई छ । मिर्चैया नगरपालिकामा लोकतन्त्रमा पनि राजतन्त्र जस्तो दृश्य मेयर यादवले सिर्जना गरेको तरुण दलका क्षेत्रीय सभापति धनेश्वर यादवले बताए ।
नगरपालिकाको नेतृत्व नसच्चिए अब चुप नबस्ने जनमत पार्टी निकट स्थानीय युवा रुकेश साहको चेतावनी छ । मिर्चैया नगरपालिकाका मेयरले गर्ने गरेको नियम विपरितका कार्यलाई रोक्न तथा सच्चयाउनका लागि सर्वदलिय रुपमा पहिलो चरणको आन्दोलनका कार्यक्रम मार्फत् सांकेतिक दबाव मात्र दिएको भन्दै यसलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास मेयरबाट भइरहेमा भिषण आन्दोलन हुने नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष जीवछ यादवको चेतावनी छ ।
यता, नगरपालिकाका मेयर श्रवण यादवले हाम्रो आफ्नै पार्टीका केही गुण्डा प्रवृतिका मान्छेले मर्चैया नगरपालिकाको कामकाज हेरेर असहनीय भएको छ । म मेयर हुँ जनतालाई चलाउँने मेरो काम हो । विकास निर्माण हाम्रो काम हो । यि सबै गरिरहेको छु उनले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑