• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरक्षा व्यवस्थालाई प्रभावकारी र कोरोनाबाट जोगिन समग्रद्वारा प्रहरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान

नेपाल पोस्ट दैनिक
    September 5, 2020  मा प्रकाशित

Spread the love
      

दिलिप कुमार सहनी सिरहा,  २० भदौ  । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेका छन् ।
आमनागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरहाले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको हो ।
सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमणको जोखिम कम गर्न देशव्यापी रुपमा चल्दै आएको विभिन्न खाले क्रियाकलाप सरह सिरहा नगरपालिकाले पनि कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउन अग्र स्थानमा रही विभिन्न खाले क्रियाकलाप संचालन गर्दै आएको मेयर यादवले बताएका हुन् ।
कोरोना संक्रमण जोखिम न्यून गर्ने यो महाअभियान भएको हुनाले यसलाई सफल र सार्थक बनाउन कुनै एक दुई पक्षले मात्र नहुने तर्फ गर्दै महाअभियानलाई सफल बनाउन समग्र संस्था जस्तै अन्य गैरसरकारीलाई सहयोगकारी भुमिका निर्वाह उनले आग्रह गरे ।

हालको कोभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैंगिक हिंसाको प्रभावितहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र खास गरी जिप्रका भित्र रहेर महिला बालबालिकाको क्षेत्रमा विशेष सेवा प्रवाह गरिरहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सेवा प्रवाहलाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनु भयो ।

निर्देशक पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईजर १ सय ग्राम १२० थान, थ्रमो गन २ पिस, ग्लोब्स ६० जोर, सर्जिकल माक्स २ हजार पीस, के ९५ मास्क ६० पीस, सेनिटाईजर स्ट्याण्ड १ पीस, सेनिटाईजर ५ लिटरको २ ग्यालेन, पिपिई ५ सेट, गमबुट १० जोर लगायतका सामग्रीहरु प्रदान गरिएको उनले बताउनु भयो।

युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्रले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त सामग्रीहरु वितरण गरिएको सहज परियोजनाका परियोजना व्यवस्थापक कृष्ण साहले बताउनु भयो । सिरहा जस्तै समग्रले संचालन गर्दै आएको प्रदेश नं.२ का ६ वटा जिल्लाका सुरक्षा निकायलाई सहज परियोजनाबाटै स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको उनको भनाई छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑