मुख्य समाचार · समाचार

ने.वि.सँघ पर्सा अभिभावक बिहिन भएकै हो हामी चुप लागेर बस्दैन नेता पटेल

Òमहेश सिंह सिरहा १ भाद्र – नेविसंघका नेता बिकास तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको विरोधमा पटेलले मेरो कतै हैसियत छैन हाम्रा अग्रज ज्यु हरु लाइ केहि भन्ने किनभने वहा हरु धेरै जेल नेल ,आन्दोलन ,समय, त्याग ,तपस्या ,बलिदानले आज आ-आफ्नो पद मा पुग्नु भएको हो तर हजुर हरु लाइ पनि पकै सहयोग तपाईं का आग्रज ज्यु ले गरेर यहा सम्म पुर्याउनु भएको होलान ठिक त्यसै गरि हामि पनि हजुरहरुको सह्योग र सह्कार्यले चार तारा झण्डा को छानामुनि बसि सङगठन र पार्टि को लागि त्यहि त्याग र बलिदान को लागि तत्पर छौ । अहिले को समय चौतर्फी युवाको माँग भैरहेको बेला बिना केहि लालच र पदको वास्ता गरि दिनरात जनता र पार्टी को हित का लागि आवाज उठाइरहेका छौ जुन सर्व बिधित नै छ । आज हरेक जनताको नजरमा ने .वि .सँघ को राम्रो कार्यप्रति चर्चा चलिरहेको बेला छ ।म यो पनि स्मरण गराउन चाहन्छु कि नेपाली काँग्रेस को पर्साको यस्तो हालत हुनु को मुख्यकारण युवा , ने. वि. सँघ र तरुण दल आदि सबै सङ्घमा हाम्रा अग्रज ज्यु ले सक्रीयता न बढाउनु पनि हो तपाइ हरु आजको लागि राजनिति गर्दै हुनुहुन्छ तपाईं मा कति जना लाइ मनमुनासिब पुगेन भने कित बागि बनि मैदान मा कुदिनु हुन्छ कि त अन्तरघात को बाटो मा गइ हाल्नु हुन्छ र यो हाम्रो पर्सा मा जग जाहेर छ तर हामि युवा भोलि को राजनीति गर्छौ हामि लाइ आज पार्टी को लागि राम्रो बनाउनु छ हामि जति सके जोड्ने कोसिश गर्छौ पार्टि को हितको लागि लड्छौ ।

त्यस कारण तपाइ हरु हाम्रा अग्रज हुनुहुन्छ तपाइ अग्रज ज्यु हरुमा मतभेद भयेका होला तर जाहा पार्टी को कुरा आउछ सङ्गठन को कुरा आउछ त्यहा एक हुनु जरुरि छ यस्तो मा आ-आफ्नो रिशवी र प्रतिशोध साध्ने अवस्था होइन ।तर आज ४ दिन देखि हाम्रा ने. वि. सँघ का युवा नेता विकास तिवारि ज्यु लाइ एउटा झुठा मुद्दा लगाइ जिल्ला प्रहरी कार्यालय पर्सा ले थुनामा राखेको हुदा पार्टी को तर्फ बाट कुनै पनि प्रतिक्रिया न आएको हुदा हामि सम्पुर्ण युवा तथा ने. वि. सँघ का साथि लाइ गहिरो चोट र आत्मबल घटेको छ ।हामिलाइ यो पनि जान्कारि छ कि अहिले कम्निष्ट को सरकार ले तपाईं ले भनेको न सुन्ला तर के एक पटक फोन गर्नु भयेछ जिल्ला प्रहरि कार्यालय मा ? के हामि पार्टि का हैनौ ? के ने.वि.सँघ को आवश्यकता छैन यहा ? आखिर हाम्रो सुन्दिने को? के हामि अभिभावक बिहिन छौ ?जस्ता कयौ प्रश्नचिह्न उब्जिएका छन ति प्रश्नहारु लाइ चिर्नु तपाईं हरु को जिम्मेवारि हो ।मैले लेखेको मा केहि त्रुटि भयेको मा क्षमा प्रार्थि छु ।