महेश सिंह सिरहा ३२ श्रावण – भारतबाट भन्सार छलि गरि नेपाल ल्याउदै गरेको सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धान खेतको आलि भए नेपाल भित्रियाई रहेको अबैध कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगर अस्थाई सशस्त्र क्याम्पले करिब एक लाख पचास हजार मुल्य बराबरको कपडा पक्राउ गरेका छन् । शनिबार राती करीब ११ बजे तिर अस्थाई पोस्ट आभेनगर बाट खिटिएको सशस्त्र प्रहरीको टोलिले भारत बाट नेपाल ल्याउदै गरेको कपडा प्रहरीले पक्राउ गरेका छन् । भारत बाट भान्सार छली गरी चोर बाटो भएर ब्यापारीहरुको एक समुहले ७ वटा पोका बनाई धान खेतको आलिको बाटो भएर नेपाल भित्रीयाई रहेको अबस्थामा उक्त सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीको क्याम्पबाट नजिकै रहेको नेपाल र भारतको सिमाना भएको ले चोर बाटो अपन्याएर ल्याउने गरेको स्थानीयको भनाई छ । आभेनगर प्रहरीले छोटो समयमा पटक- पटक सम्मानहरु बरामत गर्दै आएका हुन् । नेपाल र भारतको खुल्ला बोडर भएको मानिसहरु आलिको बाटो भएर भारत जाने गरेको देखिन्छ । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित कम गर्न र नेपाल , भारत ओहोरदोहोर गर्ने मानिसहरुको भिड कम गर्न नेपाल सरकारले सिमा क्षेत्रमा ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थाई क्यामपहरु राखेका छन् । भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरमा बैशाख १५ गते देखि आधारभुत प्राबि मा अस्थाई चेक पोस्ट राखेका छन् । बरामत गरेको सम्मान दाखिलाको लगानी ठाढि भन्सारमा बुझाएको छ् ।
सम्बन्धित खबर
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
