नरेन्द्र महताे /गाैशाला २९श्रावण
एक महिना देखी नै विभिन्न शिर्षकमा भ्रस्टाचार भएको भन्दै सुचना माँग गर्दा समेत रामगाेपालपुर नगरपालिकाले सुचना नदिएको भन्दै जसपाले आज विहिवार रामगाेपालपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
सयाैकाे सँख्यामा पुगेका स्थानिय र जसपाका कार्यकर्ताहरुले भ्रस्टाचार विरुध विभिन्न नाराबाजी गर्दे ज्ञापन पत्र बुझाएका छन । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले यो भन्दा पहिला भ्रष्टाचार बिरुद्ध अावाज उठाउदै आएको थिए,
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी,उपभाेक्ता समितिले कहाँ कुन काम गरेकाे छ त्यसकाे सम्पूर्ण विवरण ,काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे नाममा गरिएकाे कराेडाै खर्चकाे काम विवरण लगायतकाे सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउने जानकारी नगरप्रमुख अशाेक कुमार मण्डललाई रहेकाेले उनिहरु अाफनाे कार्यालयमा लाताबन्द गरेर बाहिर रहेकाे जसपाकाे अाराेप रहेका छन ।ज्ञापन पत्र बुझन नगरप्रमुख अशाेक कुमार मण्डल न अाउँदा कार्यकारी प्रमुखलाई फाेन गरि कार्यालयमा बुझाइकाे छ ।बुझाएको ज्ञापन पत्रबारे प्रमुखले भन्ने ७दिन भित्रमा ज्ञापन पत्रमा उलेख भएअनुसारकाे माँग पूरा गरिनेछाै । नगर प्रमुखकाे चरम लपरवाहिले गर्दा नगरकाे जनता थप समस्यामा पर्दैगइरहेकाे छ । नगरकाे हरेक काममा अाफनै नातामा पर्नेलाइ काम गर्नदिई कराेडाै भ्रष्टाचारी गर्न खाेजेकाे जसपा नेताहरुकाे अाराेप रहेका छन । प्रमुख मण्डलले हरेक कुनै काममा विना कमिसनले कहि कतै सहि समेत नगरेकाे स्थानिहरुकाे अाराेप रहेका छन ।कमिसन दिदाँ कुनै पनि दिन काम सम्पन्न नभएकाे कामकाे पनि रकम निकासा अहिले पनि गरिरहेकाे देखिएकाे छ । नगरपालिकाले ७ दिन भित्र कुनै सुनवाइ नगरिएमा जसपा कार्यकर्ताहरूले तालाबन्दी गर्ने चेतावनि समेत दिएका छन ।नगरपालिकामा नगरप्रमुख लगायतकाे समुहहरुले भ्रष्टाचारकाे चरम लपरवाहि गरेकाेले अाफुहरु अान्दाेलनमा अाएकाे नेता शिवजि महताेले जनाएका छन ।
आफूहरूले बुझाएको ज्ञापन पत्रबारे नगरप्रमुख अशाेक कुमार मण्डलले प्रमुख सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी समेत गरि भ्रष्टाचारी विरुद्ध काडा अान्दाेलन समेत गरिने जसपाका नेता राम बाबू मण्डल (अाेकिल)ले बताएका छन ।
कार्यालय खुल्ने समयमै नगरपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा उक्त क्षेत्रमा व्यापक सुरक्षाकर्मि परिचालन गरिएको थियाे
नेकपाबाट निर्वाचित नगरप्रमुखले अशाेक कुमार मण्डले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका नेता श्याम बाबू यादवले आरोप लगाएका छन् ।
राम गाेपालपुरका नगरपालिकाका मेयरलाई जसपा पार्टी द्वारा ज्ञान पत्र
Admin
•
