रंजित चौरसिया,बीरगंज १७ असार।
सरकार कोरोनाको नाममा मठ-मन्दिर बन्द गरी सनातन धर्म समाप्त पार्न सुनियोजित चलखेल गरी रहेको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।मुलुकमा बिदेशी हस्तक्षेप बढेको र कमनिस्ट सरकार माथि बिदेशी दलाल हाबी हुदै गरेको बताए।पटेलले भने बन्द हड़ताल, नारा जुलूस,सभा सम्मेलन र रैली गर्नु हुने तर पूजापाठ गर्नु नहुने।
९४% ओमकार परिवार भएको हाम्रो मुलुकमा हामी नै पीड़ित र प्रताड़ित भई रहेका छौ।गौ हत्या,लबजिहाद र धर्म परिवर्तन जस्ता कार्य हुदा हुदै पनि सरकार गम्भीर नभएकोले संका जन्माएको पटेलले बताए।पटेलले भने अब पनि हामी नेपाली सचेत र सजक भएनौ भने हामी दास हुने छौ र मुलुक बिखण्डन हुनेछ।याद गरौ नेपाल र नेपालीहरुको माया बिदेशी लाई हुदैन।
वर्तमान अवस्थामा केन्द्र सरकार,प्रदेश सरकार र प्रमुख राजनीतिक दलको कार्य शैलीले सम्पूर्ण ओमकार परिवार चिन्तित रहेको बताउदै अबको समय नेपालीहरुको लागि करौ या मरौको हुने छ।आज सामाजिक संजालमा पटेलले एउटा कड़ा सन्देश लेखेका हुन।
