महेश सिंह सिरहा १३ असार । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मझौरा गाउँमा आज भन्दा १८ दिन अगाडी भएको घटनाको छन बिन गर्न नेपाल मानब अधिकार संगठनका एक समूहले पीडित राम औंतार महतोको घर पुगेका थिए । नेपाल मानव अधिकार संगठ सिरहाको संयोजक चन्द्रनारायण कुशवाहा र क्षेत्रीय अध्यक्ष बिजय कुमार महतो ,मन्जु चौधरी ,प्रतिभा चौधरी ,संतोशि बिश्वक्रमा,महेश सिंह लगायत ६ जना मानव अधिकार कर्मीहरु मृतक अनिता कुमारी महतोको घटना स्थल पुगेका थिए ।
नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको थियो । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताईन ।
सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले हत्या गरेर आंपको रुखमा झुन्डियाईएको आशंका रहेको छ।बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको मानब अधिकार कर्मिहरुलाई बताएका छ्न। घटना भएको १८ दिन भयो कहाँ छ देशमा कानुन हत्याराहरु तेतिकै उम्किरहेका छन् । प्रहरी प्रसान किन मौन छन् । केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् ।
सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको थियो तर पोस्ट लहान अस्पतालमा पोस्टम्यारटम गराउन परिवारजन ले नमाने पछी धरानको बिपिकोइराला बिज्ञान प्रतिठान पठाएको थियो । पोस्टम्यारटम पछी सब परिवारको जिम्मा लगाएको थियो ।