छुटपुट
अन्तर्वार्ता
खेलकुद
देश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
पत्रपत्रिकाबाट
प्रवास
फिचर
बिजनेस
अटो
अर्थनीति
पर्यटन
बैँक / वित्त
रोजगार
भिडियो
मनोरञ्जन
मुख्य समाचार
नेपाल पोस्ट दैनिक बिशेष
विचार
विचित्र संसार
समाचार
साहित्य
सिफारिस
सूचना-प्रविधि
स्वास्थ्य-जीवनशैली
सामाजिक संजाल
कभर स्टोरी
देश बाहिर
गृह सजावट
धर्म-संस्कार
फिटनेस
फेसन
यौन स्वास्थ्य
सौन्दर्य
आज:
| Thu, 28, Mar, 2024
समाचार
बिजनेस
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
मनोरञ्जन
प्रवास
खेलकुद
अन्तर्वार्ता
पर्यटन
देश बाहिर
स्वर्ग खतरामा छ !
नेपाल पोस्ट दैनिक
June 17, 2020 मा प्रकाशित
Spread the love
एक जना मान्छे पनि
बाचुन्जेल भोकै सुतेको
ऊ खतरा हो स्वर्गको लागि
ऊ भोकको निद्राबाट ब्युँझन सक्छ|
र सुखको स्वर्गमा आगो झोस्न सक्छ |
ए स्वर्गबासीहरू हो,
भोकलाई जीवितै राखेर धरतीमा
तिमीहरू मस्त ननिदाए हुन्छ !
एकातिर छ मुठ्ठीभरको स्वर्ग
अर्कोतिर छ बहुजनको नरक
तातो कराहीबाट उफ्र्यो भने मान्छे
अधपिल्ठो शरीर लिएर
ऊ सिधै स्वर्गको ढोकामा आइपुग्ने छ |
तिमीले ढोका नखोलेर के भो
उसले ढोका फुटाउने छ
र तिम्रो सुख-शान्ति भाँड्ने छ |
तिम्रो सुख-शान्ति वाँड्ने छ,
स्वर्ग हरेक पल खतरामा छ,
स्वर्ग नरकबाट खतरामा छ !
तिम्रो लागि सुख उत्पादन गरेर
दुखै दुखमा वाँच्न विवस
नरकका बासिन्दाहरू उठेपछि
तिम्रो स्वर्ग दुई दिनमा ढल्छ
किन कि
स्वर्गका चारै कुनामा
काँध थाप्ने काँधहरू नरक बासीका छन्
उनीहरूले काँध छोडे भने के हुन्छ ?
स्वर्ग खतरामा छ |
स्वर्ग स्वर्ग भएकोले खतरामा छ !
नरक हर पल बागी विद्रोही छ,
नरक नरक भएकोले बागी बिद्रोही छ |
तिम्रो ऐयासी, अल्छी
कायर र कप्टी राजमा
नरकका बासिन्दा छिरे भने के हुन्छ ?
स्वर्ग सँधै खतरामा छ !
नपत्याए हेर
स्वर्गका हरेक ढोकामा
पाले पहरा खटाइएको छ |
नरक बासिन्दाको डरले
नरकका बासिन्दाहरू
बिना पर्खाल
बिना ढोका पनि
निस्फिक्री निदाइदिन सक्छन् |
नरकलाई कुनै खतरा छैन ,
किन भने
नरकभन्दा दुखको
अर्को कुनै संसार छैन
नरकसँग गुमाउनको लागि केही छैन !
स्वर्गका बासिन्दाहरू हो,
स्वर्ग खतरामा छ
तिम्रो स्वर्गिय आनन्द खतरामा छ,
तिम्रो ओठको हाँसो खतरामा छ,
तिम्रा हरेक खुसीहरू खतरामा छन् |
यो धरतीमा बचुन्जेल
एउटा पनि भोको मान्छे
तिम्रो स्वर्ग हरपल खतरामा छ |
भोको मान्छे रिसायो भने
उसले तिम्रो स्वर्ग नै खाइदिन सक्छ |
बालाराम तिमिल्सिना
२०७७|०३|०२
भक्तपुर
Aa
फेसबुकबाट कमेन्ट गर्नुहोस
सम्बन्धित समाचार
राजदेवी मेलासँगै स्वदेशी तथा विदेशी पहलवानको कुस्ती शुरू
मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
सिरहा जिल्लामा सरस्वती पूजाको भव्य तयारी
आत्मनिर्भर बन्न महिला समूहमा डल कुशन तालिक
पछिल्ला
लोकप्रिय
बैंक पीडित संघर्ष समितिद्वारा लहानमा भब्य स्वागत
गरिबलाई पकि घर पाउने रहर ४० घरको शिलान्यास
बालबालिका लाई चौतर्फी बिकासका लागि शिक्षिकालाई तालीम
४ छोरीकी आमा बनेकी कोशीला श्रीमानबाट अपहेलित गर्भबती बेथा लागे पछि फरार
गरिबीको अवस्था र गरिबोन्मुख मधेश
बैंक पीडित संघर्ष समितिद्वारा लहानमा भब्य स्वागत
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल
समाचार
न्यायका लागी क्षमता अभिवृद्धि तालीम
गैरकानूनी तवरले विद्यार्थीसंग शुल्क उठाउँदै, पालिकाको ध्यान कता ?
पोखरभिण्डा मा वि को अध्यक्षमा कामैत
बिदाईले विद्यार्थीमा उत्साह
महिला रोग विशेषज्ञ डा.कुसुम यादवको सेवा प्रादेशिक अस्पतालमा
छुटाउनु भयो की?
बैंक पीडित संघर्ष समितिद्वारा लहानमा भब्य स्वागत
गरिबलाई पकि घर पाउने रहर ४० घरको शिलान्यास
बालबालिका लाई चौतर्फी बिकासका लागि शिक्षिकालाई तालीम
४ छोरीकी आमा बनेकी कोशीला श्रीमानबाट अपहेलित गर्भबती बेथा लागे पछि फरार
नेता यादवको नेतृत्व हेर्दा नरहामा २६३ सदस्य थपिए
↑