मान्छेका कुरा गरेपछि ! :: Nepal Post Dainik
मान्छेका कुरा गरेपछि ! | Nepal Post Dainik
छुटपुट
अन्तर्वार्ता
खेलकुद
देश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
पत्रपत्रिकाबाट
प्रवास
फिचर
बिजनेस
अटो
अर्थनीति
पर्यटन
बैँक / वित्त
रोजगार
भिडियो
मनोरञ्जन
मुख्य समाचार
नेपाल पोस्ट दैनिक बिशेष
विचार
विचित्र संसार
समाचार
साहित्य
सिफारिस
सूचना-प्रविधि
स्वास्थ्य-जीवनशैली
सामाजिक संजाल
कभर स्टोरी
देश बाहिर
गृह सजावट
धर्म-संस्कार
फिटनेस
फेसन
यौन स्वास्थ्य
सौन्दर्य
आज:
| Sun, 28, May, 2023
समाचार
बिजनेस
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
मनोरञ्जन
प्रवास
खेलकुद
अन्तर्वार्ता
पर्यटन
देश बाहिर
मान्छेका कुरा गरेपछि !
नेपाल पोस्ट दैनिक
June 17, 2020 मा प्रकाशित
Spread the love
असाध्य गाह्रो हुन्छ नि
मान्छेका कुरा गरेपछि !
जव तपाई मान्छेका कुरा गर्नु हुन्छ
मान्छेसँगै आउँछ
हजारौं वर्ष बूढो भोक
मान्छेसँगै आउँछ
आगो दन्किरहेको सपना
मान्छेसँगै आउँछ
स्वतन्त्रताको पुरानो तिर्खा
मान्छेका कुरा गर्न थालेपछि
मान्छेभित्रका सबै कुरा आउन थाल्छन् !
मान्छेका कुरा गर्न थालेपछि
गरीव र धनीको खाडल आउँछ
ठूलो जात र सानो जातको शास्त्र आउँछ
राजाहरू आउँन/ रैतिहरू आउँछन
महाजनहरू आउँछन/ मजदुरहरू आउँछन्
जमीन्दारहरू आउँछन/ किसानहरू आउँछन्
भोकले सोत्तर बनेकाहरूका
चिहानघारीहरू आउँछन्
मान्छेका कुरा गर्न थालेपछि
इतिहासका सबै कथाहरू आउँछन् !
मान्छेका कुरा गर्न थालेपछि
स्पार्टाकसको विद्रोह आउँछ
पूनर्जागरण कुरा आउँछ
१९१७ को अक्टोवर क्रान्ति
१९४७ को स्वतन्त्रता संग्राम
१९४९ को चीनियाँ क्रान्ति
२००७ सालको देशकै कुरा आउँछ
शोषण आउँछ/ शासन आउँछ
विद्रोह आउँछ/ क्रान्ति आउँछ
विश्वयुध्द आउँछ/ प्रतिक्रान्ति आउँछ
मान्छेका कुरा गर्न थालेपछि
मान्छेले गरेका सबै कुरा आउँछ !
मान्छेका कुरा गर्न थालेपछि
सबैको प्यारो हुन असंभव छ
तपाई कतै न कतै उभिनै पर्छ
तपाई कसै न कसैको हुनै पर्छ
तपाईले
कसैलाई प्रेम र कसैलाई घृणा गर्नै पर्छ
मान्छेका कुरा गर्न थालेपछि
वाद आउँछ/ विचार आउँछ
दर्शन आउँछ/ राजनीति आउँछ
सरकार आउँछ/ सत्ता आउँछ
सत्ताले गरेका खरावी
र नागरिकहरूका असन्तोष
सबै कुरा खुरु खुरु आउँछन् !
सायद त्यसै भएर होला
कैयन कविहरू
मान्छेको कुरा गर्दैनन्
ती मान्छेहरूसँग भाग्छन
र हिमालका कुरा गर्छन
झरना र ताल तलैयाका कुरा गर्छन्
जून र फूलका कुरा गर्छन्
भ्रमरा र पुतलीका कुरा गर्छन्
नदी ,पहाड र चराहरूका कुरा गर्छन्
मान्छेका कुरा गरे भने
विचराहरू शङ्कटमा पर्छन् !
बालाराम तिमिल्सिना ।
फेसबुकबाट कमेन्ट गर्नुहोस
सम्बन्धित समाचार
आत्मनिर्भर बन्न महिला समूहमा डल कुशन तालिक
विद्यालय प्रशासनले माफी मागेपछि विवाद समाधान
सुरुंगा ८ को नमुना डोम बस्ती अधुरै,बनाई दिन्छ कि पर्खाईमा
कुटपिट मुद्दाका फरार अभियुक्त पक्राऊ
पछिल्ला
लोकप्रिय
पालिका प्रमुख द्वारा बलान पुलको शिलान्यास
गाईघाटको जिवन बिकास लघुवित्त संस्थामा तोडफोड
लघुबित्तिय सस्थाहरुलाई प्रवेशमा रोक, आन्दोलन जारी
आत्मनिर्भर बन्न महिला समूहमा डल कुशन तालिक
लहान २ मा स्थानीय सत्यनारायण महतोले निर्माण हुँदै गरेको नाला भत्कायो
पालिका प्रमुख द्वारा बलान पुलको शिलान्यास
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल
समाचार
पालिका प्रमुख द्वारा बलान पुलको शिलान्यास
गाईघाटको जिवन बिकास लघुवित्त संस्थामा तोडफोड
लघुबित्तिय सस्थाहरुलाई प्रवेशमा रोक, आन्दोलन जारी
आत्मनिर्भर बन्न महिला समूहमा डल कुशन तालिक
लहान २ मा स्थानीय सत्यनारायण महतोले निर्माण हुँदै गरेको नाला भत्कायो
छुटाउनु भयो की?
धनगढीमाईका अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
मिर्चैया चट्याङ लागेर चालकको मृत्यु
दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
नदीमा डुबेर एक जनाको मृत्यु
आगलागी पीडितलाई नगर द्वारा राहत वितरण
↑