प्रदेश २ · मुख्य समाचार · राजनीतिक

जनता समाजबादी फुटको संघारमा, अध्यद्वय राजकिशोर र अनिलले राजपा ब्युंताउने

जनकपुर २७ जेष्ठ।जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा हुने भएको छ।जनता समाजवादी का केही नेताहरुको व्यक्तिगत स्वार्थ पुर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेस नगरिएको ले तिव्र असन्तुस्टी चुलिएको हो।

आदिवासी जनजाती,दलित ,महिला र प्रदेस नम्बर 2 का प्राय जसो नेताहरुलाइ र तयसमापनी केही जिल्लाका नेताहरुलाइ मात्र समावेस गरेको कारण राजपा लाई जिवितै राख्ने कसरतमा शिर्स नेताहरुको छलफल तिव्र रुपमा चलिरहेको छ।अहिलेका कार्यकारिणी समितिमा जनाधार नभएका केही नेताहरु आफ्ना आसेपासेलाइ मात्र समावेस गरिएको आरोप पनि लागेको छ। कथनी र करणिमा व्यापक अन्तर देखिएकोले जनतासमाजवादी केही सिमित नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्न मात्र निर्माण भएको र यसले वैकल्पिक शक्तिको रुपमा नहुने दावी पनि गरेका छन। अहिले सम्म केही शिर्स नेताहरुको हस्ताक्षर नभएको र सो बिना जनता समाजवादी मा जाने नेता हरु जाने र बान्की रास्ट्रीय जनता पार्टी नै यथावत रहने भएको छ।

नेताहरु बिच भएको सबै सहमती लाई लत्याइ भौगौलिक रुप मा लैङिक रुपमा र जातिय रुपमा समावेस् नगरेका कारण जिल्ला हरु मा तिव्र असन्तुष्टि बढेको र जिल्लाका नेता कार्यकर्ताहरुको व्यापक दवाबले शिर्स नेताहरु राजपालाइ जिवितै राख्ने विकल्पमा छलफल चलिरहेको छ।विगत का समाजवादिका असन्तुष्ट र राजपाका असन्तुष्ट शिर्स नेताहरु बिच सो विकल्पमा छलफल चलिरहेको बताइएको छ।