देश · प्रदेश २ · मुख्य समाचार · राजनीतिक

प्रदेश नं २ को बजेट: भोलि नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

जनकपुरधाम २४ जेष्ठ।प्रदेस-२ को बजेट: भोलि नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख परियारलाई आमन्त्रण गरे संगै बजेटको तयारी अन्तिम चरणमा पुगेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा भोली प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख तीलक परियारलाई औपचारिक आमन्त्रण गरेको छ ।

मुख्यमन्त्री राउतले प्रदेश प्रमुख परियारलाई उहाँकै निवास पुगी प्रदेश सरकारको आमन्त्रण पत्र बुझाएको हो ।

प्रदेशसभामा जेठ २५ गते दिउसो तीन बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।

प्रदेश सरकारको तर्फ बाट प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।