Breaking News · प्रदेश २

सर्लाहीको चन्द्रनगरमा पुरुष व्यक्तिको शव फेला

गौशाला १२ जेठ। सर्लाही जिल्लाको  चन्द्रनगर गाउँपालिकाकै पोखरीमा डुबेको अवस्थामा एक पुरुष व्यक्तिको वेवारिसे शव फेला परेको छ । चन्द्रनगर गापा–६ स्थित नाम, थर र वतन नखुलेको करिब २३ वर्षिय पुरुष व्यक्तिको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मदन कुवँरले जनाए ।

स्थानिय दुलार मुखियाको पोखरीमा डुबेर मृत्यु भएको अवस्थमा शव फेला परेकाे हाे। पोखरीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शवलाई जिल्ला अस्पताल मलंगवामा राखिएको र पहिचानको लागि प्रहरीले मृतकको तस्विर सार्वजनिक गरेर अनुसन्धान शुरु गरेकाे कुँबर जनाएका छन ।