छुटपुट

मास्क लगाएर

बुझाएको छु आफ्नो मन मास्क लगाएर

बनेको छु म पनि सज्जन मास्क लगाएर

कोरोना भाईरस बरु यहाँ फर्किएर

गयो तिम्रा यादहरु रोकिएनन मास्क लगाएर

न ग्यास न चामल न तरकारी छ

घर मा बस्ने बेला भयो अनसन मास्क लगाएर

श्रम नगरे बेलुका को छाक टर्दैन भन्दै

ठोक्दैछन मजदुर घन मास्क लगाएर