• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जन्मदिन एनिभर्सरीमा करोडौं रुपैया कर्चिन्छ कम्युनिस्ट शासकहरु : लक्ष्मण चौलागाई “विद्रोही”

नेपाल पोस्ट दैनिक
    April 2, 2020  मा प्रकाशित

Spread the love
      

जन्मदिन एनिभर्सरीमा करोडौं रुपैया कर्चिन्छ कम्युनिस्ट शासकहरु : लक्ष्मण चौलागाई “विद्रोही”
काठमाडौं २० चैत ।
संसार यतिबेला लक डाउन छ ।चीन पछि इटाली,फ्रान्स ,इरान लगायत अमेरिका लगायत २००भन्दा बढी राष्ट्र यतिबेला प्रभावित भएको छ। कोरोना कोविड १९ नाम दिएको यो भाइरस कतै २०१९ मा नै मानव निर्मित थियो कि ?यसको जवाफ विश्व स्वास्थ्य संगठनले जरुर खोज्ला ।कतै यो विश्व युद्द निम्त्याउने र संसार सखाप पार्ने असुरको कसुर पनि हुन सक्छ।
यतिबेला संसारभरका ढोकाहरु बन्द छन। सात बिलियन जनसंख्या ओगटेको यो विश्व यतिबेला भयभीत र त्रासदीको मुद्रामा छ।
हिजो मात्रै मैले एउटा भिडियो हेरेको थिएं।
कोरोना कोविड १९ ले ज्यान गुमाएकी आफ्नी आमालाई आकाशकामा टिल्पिलाइरहेका ताराहरु तिर हेर्दै एक अवोध ५ वर्षीय इटालीयन बालकले उ आमा भन्दै मामा मामा भनेर बोलाएको भिडियोले म रातभर निदाउनै सकिन।
हो संसार यतिबेला रोएको मात्रै छैन। कयन चेलीहरुले जीवनको सहारा गुमाए भने कयनले आफ्नी जीवन साथी गुमाए ।कयन लालाबाला टुहुरा भए भने कयन बृद्द वृद्दाहरु सदाका लागि बिदा भए।
यो महामारी र महाविपतमा संसार यतिबेला मार मार हे मारमा गुज्रीएको छ।
पीडा लाई मल्हम लगाउन र पिडितको उपचार गर्न संसारभरका दानवीर मनहरु आफ्नो सहयोगी हात पुण्यादी कार्यमा लगाउदै छन भने कतै कतै महाविपत्ती र महामारीको मौका छोपेर अर्बौं कमाउने एक राते अर्वपती पनि बन्दै गरेका समाचारहरु विभिन्न न्युज पोर्टलमा पनि आइरहेका छन। जब एक्सन हुन्छ तब रियाक्सन पैदा हुन्छ भने झै यतिबेला मानवीय मन र लुटेरा मनहरु दुवैको परिचय पनि ऐनामा घाम टल्के झैं टल्किरहेको छ।
हो,आज संसार विक्षिप्त र शोकाकुल छ। हजारौं हजारको ज्यान गएको छ। शव दाह गर्न नपाएर आर्यघाटमा शवको छेउमा भावविह्वल भै रोइरहेका तश्वीरहरु देख्दा कुन चाहिँ नागरिकको मन भक्कनिदैन होला र ?
कोरोनाको कारण आफ्नै घरमा जेल झै कैद करोडौं करोड नागरिकहरु खाद्यान्न अभावले छट्पटी रहेका छन भने अर्कोतिर भोजनको अभावमा कति मर्दै होलान्? त्यो त केही दिनमा समाचार बाहिर आउला नै !
सारा विश्वले कोरोनाको महामारीले धेरै प्रतिभाहरु गुमाएको छ। डाक्टरहरु गुमाएको छ ,नागरिकहरु गुमाएको छ ।कतै राज्यको समुपस्थिती नागरिकको घाउमा मल्हम लगाउन अभ्यस्त देखिन्छ भने कतै उपचार सामग्रीमा नै करोडौं घोटाला गर्ने दुर्जन र भ्रष्टको अमानवीय कर्मका समाचारहरु पनि बाहिर आइरहेका छन।
सन्दर्भ आफ्नै देश नेपालको जोड्न चाहें। नेपाल अरु विश्वका मुलुक जस्तो कोरोनाको चपेटामा नपरे तापनि लक डाउन छ। यसै अवस्थालाई मनन गर्दै जनता सरह भएका पूर्व राजा ज्ञानेन्द्र शाहले समेत हिमानी ट्रस्ट मार्फत कोरोना कोविड १९ नियन्त्रणका लागि र कोरोना विरुद्द लड्न २ करोड रुपैया सहयोग गरेका खबरले यतिबेला नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्नेहरु पनि ह्वात्तै बढेका छन। कारण हाम्रो विश्व सत्कर्मलाई नमन र सलाम गर्दछ। यसैकारण पूर्व राजा यतिबेला नागरिकको सरकार भन्दा धेरै गुणा माथी नागरिकको विश्वास र मन जित्न सफल भएका छन भने नया राजा जस्ता हालका शासकहरु औपचारिक रूपमा राज्यको ढुकुटीबाट लिने गरेको तलबरुपी रकम सहयोगको नाटक गरिरहेका छन। त्यो बजेट त जनताको पसिना हो। सच्चा राजनेताले कहिले पनि राज्यको ढुकुटीको पैसा तलबको रूपमा बुझ्दैन तर नेपालमा राजनिती अकुत सम्पत्ती कमाउने पेशा हो भने राज्यव्यवस्था उनिहरुको बिजिनेस कम्पनी !
मलाई लाग्छ,यदि कोरोना कोविड १९ इटाली र इरान जस्तै नेपालमा फैलिएको थियो भने यहाँ नागरिकहरु बिना उपचार मर्न विवश हुने झनै भयावह स्थिती सिर्जना हुने रहेछ। यहाँ जनताको सरकार भएको अनुभुती न मैले गर्ने पाएं,न तीन करोड नागरिकले नै !
यहाँ सरकार छ कुनै दलको जसलाई नेकपाको सरकार भनिने गरिन्छ। लोकतान्त्रिक गणतन्त्र कोहि कसैको पार्टीको पेवा जस्तो भएको छ। कतै कतै ५ किलो चामल बाडेको समाचार आएको छ भने कतै कतै बोरा चामल राहत बाडेका समाचार पनि आइरहेका छन ।यो महाविपत्ती नेपालमा राजनितिक मसला बनिरहेको छ भने सत्तासीन दलको निम्ति यो महाविपत्ती अकुत सम्पत्ती कमाउने शुभ अवसर बनेको छ।
नेकपाको सरकारले चीन बाट आयात गरेको कोरोना उपचारको सामग्रीमा नै घोटाला गरि कम लागतका सामान चौबर बिल बनाएर ५८ करोड पुर्याई सामान नेपाल ल्याएको खबरले पनि यतिबेला दिनहिन जनता दुखी र रुष्ट भएका छन् । ।यसैले नेपाललाई यो महामारीबाट जोगाउने कुनै दिव्य शक्ति भएकै कारण हामी लक डाउनमा कैद भएता पनि हालसम्म सुरक्षीत हुन पाएका छौं। यद्यपि कोरोना नेपाल भरी फैलिएको थियो भने यो सरकारको पावर लगाएर उपचार खोज्न विवश पहुचविहिनहरु को पहुँच पुग्दैन थियो। धन्न आज त्यस्तो दुर्दिन बेहोर्न नेपालले परेको छैन। जुन दिन जननेता मदन भन्डारीको हत्या भयो त्यो दिन नै नेपाल बाट कम्युनिस्टको हत्या प्रारम्भ भएको थियो भने हाल सत्तामा रहेकाहरु कम्युनिस्ट भनेर स्विकार गर्न नेपालका सच्चा बामपंथीहरुको मनले मान्दैन ।कारण सेवासुविधा भोगी विलासेहरु सर्वहारा हुनै सक्दैनन। ।यो महाविपतमा अन्य शोकमा डुबेका राष्ट्रलाई नेपाल सरकारले शब्दको पनि सहयोग गरेन भने आफ्नै नागरिकको के सरोकार राखोस ??
बरु यो महामारीमा कमाएको कालो धन यिनै कथित कम्युनिस्ट भनिनेहरु र गणतन्त्रको ठेकेदार नै आफै भजाउनेहरु आफ्नो जन्मदिन र एनिभर्सरीमा करोडौं रुपैयाँ उडाउदै मोज र मस्ती गर्दछन ।तर जनता आक्रान्त हुदा सुको सहयोग नगर्नेहरु लुट्का अगुवा हुन यसैले जनताले नेपालमा कम्युनिस्ट सरकार भएको अनुभुती गर्नै पाएनन ।यो भन्दा भद्दा मजाक अरु के नै होला र ?? सरकार त आम जनताको साझा हुनुपर्ने थियो यहाँ कुनै दलको सरकार छ जो तीन करोड जनताको सरकार बन्नै नसकेको विडम्बना जति नै लेखे पनि अधुरो हुन्छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑