नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार · सूचना-प्रविधि

वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन

शम्भु चोधरी, लहान ३ भदौ । लहान नगरपालिका–१४ वस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरमा नवनिर्मित ४ कोठे भवनको बुधबार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ। नवनिर्मित भवनको लहान नगरपालिकाका मेयर प्रसाद महेश चौधरीले उद्घाटन गर्नुभएको हो।
उदघाटन समारोहमा बोल्दै मेयर चौधरीले भने यो विधालय जिल्ला कै एक पुरानो विधालयको रुपमा चिनिन्छ । यसलाई भौतिक तथा शैक्षिक रुपमा व्यवस्थापन गरिदै लानु पर्छ । नगरबाट एकै पटक त हैन विस्तारै विस्तारै व्यवस्थापन तार्फ लानु पर्नेमा जोड दिएका छन । मेयर चौधरीले थप्दै भने यो सब व्यवस्थापन समिति, शिक्षक समुह र अभिभावकको सहयोगको देन भएको बताए साथै मेयर चौधरीले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक भौतिक पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । नवनिर्मित भवनको प्रभावकारी उपयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई उहाँले आग्रह गर्नुभयो।
विद्यालयमा नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरूलाई पठनपाठनका लागि थप सहज र व्यवस्थित वातावरण निर्माण भएको छ। भवनले विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयका प्र अ शोभानन्द चौधरीले बताए ।
उदघाटन कार्यक्रममा वडा अध्यक्ष धनिकलाल यादव, रासलाल राय राजपुत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुण यादव, प्रअ शोभानन्द चौधरी लगायत स्थानिय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।