शम्भु चौधरी सिरहा ७ भदौ । सिरहाको नरहा गाउँपालिकाले अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले ‘अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३’ कार्यान्वयनमा ल्याएको छ।
कार्यविधिले औपचारिक शिक्षाबाट बाहिर रहेका बालबालिका, युवा तथा वयस्कलाई शिक्षाको अवसर प्रदान गर्नुका साथै निरन्तर सिकाइको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। विशेषगरी विद्यालय जानबाट वञ्चित, बीचमै पढाइ छाडेका तथा विभिन्न कारणले औपचारिक शिक्षा लिन नसकेका नागरिकलाई लक्षित गरी अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
यो कार्यविधि नरहा गाँपालिका कार्यपालिकाको बोर्ड बैठकबा मिति २०८३ भदौ ५ गने शुक्रबार दिन गहन छलफल गरि पारित गरेको सबल नेपालका कार्यक्रम संयोजक राधेश्याम रामले बताए । वहाँले भने यो कार्यविधि पारित भएको पालिका मध्ये यो नेपाल कै पहिलो पािलका हो ।
कार्यविधिअनुसार गाउँपालिकाले स्थानीय आवश्यकता पहिचान गरी अनौपचारिक शिक्षा केन्द्र तथा आजीवन सिकाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्नेछ। यस्ता कार्यक्रममार्फत साक्षरता, आधारभूत शिक्षा, सीप विकास, व्यवहारिक ज्ञान तथा दैनिक जीवनमा उपयोगी ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिका अध्यक्ष राम प्रमोद यादवका अनुसार यो कार्य सबैको अथक प्रयासबाट भएको बताए । यसलाई कार्यान्वयनमा ल्यान पनि सबैको उतिकै जिम्मेबारी भएको बताए । साथै यस्ता कार्यविधि नेपाल मै पहिलो पल्ट लागु गरेकोमा सहयोगी संस्था सबल नेपाल र केयर नेपाल तथा आपना सम्पुर्ण कायपालिका टिमलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी, नागरिकलाई उमेर र अवस्थाको सीमाभन्दा बाहिर गएर निरन्तर सिक्ने अवसर उपलब्ध गराउने, स्थानीय ज्ञान, सीप तथा अनुभवको संरक्षण र हस्तान्तरण गर्ने तथा समुदायमा सिकाइ संस्कृतिको विकास गर्ने विषयलाई समेत कार्यविधिले प्राथमिकता दिएको छ।

गाउँपालिकाले सम्बन्धित शाखा, वडा कार्यालय, सामुदायिक संस्था, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। कार्यक्रमको प्रभावकारिता, अनुगमन तथा मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्ने प्रावधानसमेत कार्यविधिमा समेटिएको छ।
नरहा गाउँपालिकाले कार्यविधिको प्रभावकारी कार्यान्वयनमार्फत ‘सबैका लागि शिक्षा, निरन्तर सिकाइ र सीपयुक्त नागरिक’ निर्माणमा योगदान पुग्ने विश्वास लिएको छ। यसबाट शिक्षाको मूलधारबाट बाहिर रहेका नागरिकलाई पुनः सिकाइसँग जोड्नुका साथै स्थानीय स्तरमा ज्ञान र सीपको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नरहा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पालिका उपाध्यक्ष गुलाब चौध।री, प्रमुख प्रशासकिय अधिकृत उदित कुमार कर्ण, सबल नेपालका टिम केयर नेपालका टिम सहितको उपस्थित रहेका थियो ।

