• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाली सिरियलमा पनि लकडाउन : पुरानै एपिसोड दोहोरिँदै

नेपाल पोस्ट दैनिक
    March 28, 2020  मा प्रकाशित

Spread the love
      

१५ चैत/कोरोनाको कारण सिंगै विश्व त्रसित छ । नेपाल पनि यसबाट अछुतो छैन । सरकारले लकडाउन घोषणा गरेपछि त सबै कामहरु ठप्प छन् ।मनोरञ्जन क्षेत्रको त झन् के कुरा गर्नु । चलचित्र घरहरु बन्द छन् । चलचित्रजन्य कामहरु शून्य छन् ।

टेलिभिजन र प्रशारण हुने हाँस्य टेलिश्रृङ्खलाहरुको प्रशारण पनि रोकिएको छ । बिहिबार हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’को पुरानो भाग प्रशारण भयो । लकडाउनका कारण नयाँ भागको छायांकन गर्न नसकेकाले पुरानो भाग नै दोहोर्‍याउनुपरेको निर्देशक÷कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

उनले भने, ‘कोरोनाको त्रास जो–कोहीलाई पनि छ । हामीलाई पनि छ । सरकारले नै लकडाउन गरेको समयमा हामीले कसरी छायांकन गर्न सक्छौँ र ? त्यसैले नयाँ भागहरु ल्याउन सक्ने अवस्था छैन ।’ परिस्थित सामान्य भएपछि मात्रै छायांकनमा जाने उनले बताए ।

सक्किगोनी रोकिदाँ दर्शकबाट आएको प्रतिकृया भने मिश्रित छ । अर्जुन भन्छन्, ‘कसैले रोकेर सुरक्षित रहनु छ ठिक हो भन्नुभएको छ । कसैले मास्क वा हेलमेट लगाएर भए पनि खिच्नु पर्थ्यो भन्नुभएको छ । त्यो हाम्रो लागि माया नै हो ।’

आज शुक्रबार ‘भद्रगोल’ प्रशारण हुने दिन हो । तर, ‘भद्रगोल’को पनि नयाँ भाग दर्शकले हेर्न पाउने छैनन् । पुरानो भाग रिपिट गरिने छ ।भद्रगोलका निर्देशक अशोक धिताल ‘बाहुन डन’ भन्छन्, ‘नयाँ एपिसोड तयार गर्ने अवस्था नै छैन । अवस्था सामान्य नभएसम्म पुरानो एपिसोड नै आइरहन्छ ।’

त्यस्तै, हाँस्य टेलिश्रृङ्खला ‘हल्का रमाइलो’ पनि बन्द छ । छायांकन गर्ने माहोल नै नभएकाले हल्का रमाइलोको प्रशारण रोकिएको निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले बताए ।

कहिलेकाहीँ उनीहरुले केही भागहरु खिचेर ‘स्टक’ राख्ने गर्थे । तर, यो पाली भने उनीहरुले स्टक खिच्न पनि भ्याएनन् । मरिचमान भन्छन्, ‘हामीले पहिला पहिला त स्टक पनि खिचेका हुन्थ्यौँ । यहीँ बेला चाहीँ खिच्न पाएका थिएनौँ । फ्याट्टै लकडाउन भइदियो ।’

नयाँ एपिसोड ल्याउन नसकेको भन्दै मरिचमानले दर्शकसँग माफी पनि मागेका छन् । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ भने अझै दुई हप्ता नियमित प्रशारण हुनेछ । ‘मेरी बास्सै’का दुई भाग स्टक छन् । निर्देशक मनराज श्रेष्ठले भने, ‘यो अवस्था आउँछ भन्ने लागेर नै मैले दुई भाग खिचेर राखेको थिए । अहिले त्यसले काम दिएको छ ।’

तर, पूरानो विषयबस्तुमा बनेकाले दर्शकले यसलाई मज्जा लिने कुरामा निर्देशक आफैँलाई शंका छ । उनले थपे, ‘नभएको मामा भन्दा त कानो मामा नै ठिक भनेजस्तै हो । त्यसलाई दर्शकले बुझ्नुहुन्छ होला ।’

हाँस्य टिभी शो ‘मुन्द्रेको कमेडी क्लब’ पनि ३ भागसम्म स्टक छ । त्यसैले दर्शकले नयाँ एपिसोड नै हेर्न पाउने कार्यक्रम सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले बताए । उनले भने, ‘हामीले शनिबार सिमित दर्शकलाई राखेर २ भाग खिचेका छौँ । पहिला पनि एक भाग स्टक थियो । त्यसैले ३ साताको लागि पुग्ने एपिसोड छन् ।’

३ हप्तापछि पनि अवस्था यस्तै रह्यो र खिच्न नसकेको खण्डमा मात्र शो बन्द हुने उनको भनाई छ । उनले थपे, ‘३ भाग प्रशारण भएपछि पनि खिच्न सकिएन भने चाहीँ बन्द गर्नुपर्ने हुन्छ ।’

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑