प्रवास · समाचार

सामुहिक बलतकारको आरोपमा चार जनालाई भयो फाँसी

काठमाडौं । निर्भया सामुहिक बलात्कार र हत्याका चारै दोषीहरुलाई आज विहान साँढे पाँच बजे भारतको सर्वाेच्च अदालतले फाँसी दिएको छ ।

चारै दोषीहरुलाई फाँसी दिनु भन्दा अगाडि उनीहरुको अन्तिम ईच्छाको बारेमा सोधिएको थियो । तर चारै दोषीहरुले अन्तिम ईच्छा केहि पनि नमागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जेलको नियमावलीका अनुसार अधीक्षक र जिल्ला मजिस्ट्रेटको उपस्थितीमा कैदीको अन्तिम ईच्छा सहित केहि दस्तावेज बनाएर हस्तारक्षर गराउनु पर्दछ वा उसलाई संलग्न गराउन सकिन्छ ।

दोषीहरु मुकेश सिंह (३२), पवन गुप्ता (२५), विनय शर्मा (२६) र अक्षय कुमार सिंह (३१) लाई आज विहान साँढे पाँच बजे तिहाड जेलमा फाँसी दिइएको थियो ।