• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हल्लाकाे पछि नलागाै, नेपाल–भारत नाका बन्द छैन

नेपाल पोस्ट दैनिक
    March 16, 2020  मा प्रकाशित

Spread the love
      

सिरहा ३ चैत/कैलालीसंग जोडिएको नेपाल–भारत गौरीफन्टा सीमा नाका बन्द भएको छैन । यो नाका पनि आइतबारदेखि बन्द हुने हल्ला चलेको मात्र थियो ।
तर, ओहोरदोहोर यथावत रहेको छ । कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने भन्दै भारतको गृह मन्त्रालयले नेपालसंगको चार नाकाबाहेक बाँकी सबै बन्द गर्ने निर्णय गरेको थियो ।

गौरीफन्टा नाका बन्द गर्नु भन्ने आदेश नआएकोले आवतजावत यथावत राखेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

‘यो नाका बन्द गर्ने भन्ने आदेश हामीलाई आएको छैन’, गौरीफन्टा नाकामा रहेका एसएसबी पोष्टक उत्तम मण्डलले भने–‘हामीले ओहोरदोहोरमा कुनै रोकतोक गरेका छैनौं ।’

नेपालसंगको बनवासा, सुनौली, रक्सौल र रानीगञ्ज गरी चार नाकामात्रै खुल्ला रहने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको थियो ।

आइतबारदेखि लागू हुने गरी अरु नाका बन्द गर्ने भनिएको थियो । यद्यपि, आइतबार गौरीफन्टा नाकामा दुवै देशका नागरिकको निर्वाध रुपमा ओहोरदोहोर भएको छ ।

भारतबाट आउने भारतीय नागरिक र फर्किने नेपालीलाई नेपालले स्थापना गरेको हेल्थ डेस्कमा कोरोना सङ्क्रमण परीक्षण गर्ने गरिएको छ ।

कैलालीमा त्रिनगरसहित टीकापुरको खक्रौला, भजनीको मरियाघाट, हसुलियाको चन्दनचौकी, फूलबारीको खेदा, फूलबारी, धनगढीको बङ्ग्रा कटान लगायतका नाका रहेका छन् ।

पहिले छोटी भन्सार रहेका साना नाकामा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो ।
जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ ।

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो ।

जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ ।

सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ ।

चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ ।
अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ ।

यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन ।

बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना भाइरस अमेरिकामा पनि चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ ।

चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।

ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए ।

स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।

यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
*ज्वरो आउनु र खोकी लाग्नु
*छिटोछिटो सास फेर्नु
*श्वासप्रश्वासमा कठिनाइ हुनु
*गम्भीर भएमा निमोनिया हुनु
*सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
*मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑