सिरहा ३ चैत/कैलालीसंग जोडिएको नेपाल–भारत गौरीफन्टा सीमा नाका बन्द भएको छैन । यो नाका पनि आइतबारदेखि बन्द हुने हल्ला चलेको मात्र थियो ।
तर, ओहोरदोहोर यथावत रहेको छ । कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने भन्दै भारतको गृह मन्त्रालयले नेपालसंगको चार नाकाबाहेक बाँकी सबै बन्द गर्ने निर्णय गरेको थियो ।
गौरीफन्टा नाका बन्द गर्नु भन्ने आदेश नआएकोले आवतजावत यथावत राखेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
‘यो नाका बन्द गर्ने भन्ने आदेश हामीलाई आएको छैन’, गौरीफन्टा नाकामा रहेका एसएसबी पोष्टक उत्तम मण्डलले भने–‘हामीले ओहोरदोहोरमा कुनै रोकतोक गरेका छैनौं ।’
नेपालसंगको बनवासा, सुनौली, रक्सौल र रानीगञ्ज गरी चार नाकामात्रै खुल्ला रहने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको थियो ।
आइतबारदेखि लागू हुने गरी अरु नाका बन्द गर्ने भनिएको थियो । यद्यपि, आइतबार गौरीफन्टा नाकामा दुवै देशका नागरिकको निर्वाध रुपमा ओहोरदोहोर भएको छ ।
भारतबाट आउने भारतीय नागरिक र फर्किने नेपालीलाई नेपालले स्थापना गरेको हेल्थ डेस्कमा कोरोना सङ्क्रमण परीक्षण गर्ने गरिएको छ ।
कैलालीमा त्रिनगरसहित टीकापुरको खक्रौला, भजनीको मरियाघाट, हसुलियाको चन्दनचौकी, फूलबारीको खेदा, फूलबारी, धनगढीको बङ्ग्रा कटान लगायतका नाका रहेका छन् ।
पहिले छोटी भन्सार रहेका साना नाकामा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।
के हो कोरोना ?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो ।
जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो ।
जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ ।
सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ ।
चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ ।
अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।
हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ ।
यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन ।
बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
कोरोना भाइरस अमेरिकामा पनि चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ ।
चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।
ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए ।
स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।
यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।
के हो कारण ?
कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।
लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
*ज्वरो आउनु र खोकी लाग्नु
*छिटोछिटो सास फेर्नु
*श्वासप्रश्वासमा कठिनाइ हुनु
*गम्भीर भएमा निमोनिया हुनु
*सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
*मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः
नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने