• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोना विरुद्ध ११ अर्ब ८० करोडको आपतकालिन कोष स्थापना गर्न भारतको प्रस्ताव

नेपाल पोस्ट दैनिक
    March 16, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ ३ चैत/कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ) राख्ने घोषणा समेत गरे ।

आपतकालिन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखे । भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनु हुँदैन्।

इमरजेन्सी फण्ड निर्माण गरौँ त्यसका लागि भारतले १० मिलियन युस डलर भारतले फण्डमा राख्छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताए । भारतीय प्रधानमन्त्री मोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौति सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे।

उनले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरे । कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उनले जोड दिए । भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाए ।

अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमका प्रविधि र पुर्वाधारको क्षमता अभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको भन्दै २ महिना भित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उनले गरे ।

उनले संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज समाजिक न्याय दिवस
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑