एजेन्सी २६ फागुन/भारतिय मिडियाका अनुसार बलिउडमा धेरै चर्चामा रहेका नायक नायिकाको सम्पत्ति बेला बखत निकै चर्चाको विषय बन्ने गरेको छ ।बलिउडमा यस्ता नायिकाहरु छन् जसले फिल्ममा धेरै कमाउने गर्छन् ।
एक एक फिल्ममा काम गर्न करोडौं रकम असुल्ने नायकहरुसँग अबौंको सम्पत्ति हुनु त स्वभाविक भई नै हाल्यो । बलिउडकी धेरै नायिकाहरु मध्य केही नायिकाको कमाईको माध्यम फिल्म मात्र नभएर अन्य व्यवसाय पनि छ ।
१ प्रियका चोपडा स् प्रियंका चोपडा अहिले बलिउड र हलिउड दुवै स्थानमा अनेक फिल्महरुमा काम गर्दैछिन् । सम्पत्तिको मामिलामा दशौं स्थानमा छिन् । तर केही समय मै संभवत पहिलो नम्बरमा हुने छिन् । हाललाई प्रियंकाको जम्मा सम्पत्ति ८८ करोड नेरु बराबर रहेको छ ।
२। अमिषा पटेलः लामो समय देखि बलिउडमा खासै फिल्महरुमा देखा पदिएनन् । यदा कदा मात्र ठूलो पर्दामा देखिने अमिषा पटेल सम्पत्तिको मामिलामा दोस्रो नम्बरमा छिन् । अनुमान अनुसार अमिषा पटेलको जम्मा सम्पत्ति ३२० करोड नेरु बराबर भन्दा पनि बढी रहेको छ । अमिषाको व्यवसायिक बुद्धि राम्रो रहेको मानिन्छ ।
