• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालका विधालय र क्याम्पस बन्द गरौँ

नेपाल पोस्ट दैनिक
    March 3, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ २० फागुन/दिन दुईगुणा, रात चौगुणा भनेझैँ, कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलँदो छ। हाम्रो उत्तरको छिमेकी देश चीनको वुहानबाट फैलिएको कोरोना सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, खाडीका विभिन्न मुलुकलगायत विश्वका ६० देशमा फैलिइसकेको छ। हाम्रो दक्षिणको छिमेकी देश भारतमासमेत कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। यो बढ्दो जोखिमलाई ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रूपमा घोषणा नै गरेको छ। त्यति मात्र होइन, मुख्यालय जेनेभामा गत बिहीबार पत्रकार सम्मेलन गर्दै डब्लूएचओका प्रमुख डा टेडरोस गेब्रिएसुसले नेपालको नामै लिएर कोरोनाको उच्च जोखिममा रहेकाले समयमै सावधानी अपनाउन सचेत गराए।
नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको उनको भनाइ थियो। डब्लूएचओले यसो भन्दै गर्दा काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना संक्रमणको आशंकामा चारजनालाई भर्ना गरिएको छ। चारमध्ये तीनजना चीनबाट फर्किएका नेपाली हुन् भने एकजना चिनियाँ नागरिक।
यति नै बेला तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक नेपाली युवा गम्भीर अवस्थामा फेला परेका छन्। कोरोना संक्रमित भएको आशंकासहित स्वास्थ्यचौकीमा उनको उपचार हुँदैछ। तर, कुनै सावधानी अपनाइएको छैन। चीनमा २९ सयभन्दा बढीको ज्यान लिइसकेको, ८० हजारभन्दा बढीलाई संक्रमित बनाइसकेको कोरोनाबाट अहिले विश्वभरका देश कसरी जोगिने भन्ने चिन्तासहित तयारीमा हतारिएका छन्।
दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढेको छ। विगत केही दिनयता दैनिक औसतमा पाँच सय नयाँ संक्रमित भेटिएका छन्। कोरियामा मृत्यु हुनेको संख्या १८ पुगिसकेको छ। इरानमा अझ भयाबह अवस्था छ। साढे दुई सयभन्दा बढीको ज्यान गइसकेको छ। त्यसैले इरान, इटाली र दक्षिण कोरियाजस्ता मुलुकले यात्रा प्रतिबन्ध लगाइसकेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस विश्वभर फैलिँदै गएकाले जोखिम बढेको भन्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ।
साथै, सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ। यस्तै, स्वास्थ्य मन्त्रालयले जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। यतिबेला चिकित्सकहरू भन्दैछन्, विद्यालय र क्याम्पसहरू सबैभन्दा बढी जोखिममा छन्। किनभने, यी त्यस्ता ठाउँ हुन्, जहाँ दैनिक लाखौँ केटोकेटी भेला भएका हुन्छन्।
चीनले कोरोनासँग लड्न सिंगै वुहान सहरलाई ‘लक्ड डाउन’ गरेजस्तो सामथ्र्य हामीसँग छैन। न त हामीसँग अस्पताल, बेड, स्वास्थ्यकर्मीको संख्या नै पर्याप्त छ। प्रत्येक साता नयाँ नयाँ अस्पताल बनाउने सामथ्र्य राख्ने चीनसमेत कोरोनासँग अझै पूर्ण रूपमा मुक्त हुन सकेको छैन भने हामीले कसरी लडौँला ? त्यसैले सरकार तत्काल एउटा निष्कर्षमा पुग्नुपर्दछ, र, विद्यालय र क्याम्पसलाई सबैभन्दा बढी जोखिमको क्षेत्रका रूपमा घोषणा गरी यो आतंकको अन्त्य नहुँदासम्म विदा दिनुपर्दछ। मानवीय क्षतिको भरपाइ कसैगरी सम्भव हुँदैन।
केही दिन बन्द हुँदा रोकिएको पढाइ त केही दिन बढी पढाएर वा अन्तिम परीक्षा केही साता पर सारेर भए पनि पूरा गर्न सकिन्छ । यतातर्फ ध्यान नदिने हो भने अकल्पनीय मानवीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ। – दृष्टी साप्ताहिकबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑