• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 30, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महामारी रुप लिएको कारोना भाइरस नेपालमा पनि भित्रिने सम्भावना

नेपाल पोस्ट दैनिक
    February 28, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं १६ फाल्गुन ।  चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।

चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ ।

चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् ।

अन्य देशहरुमा प्रकोपको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म एकजना मात्र संक्रमित भएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

सरकारले हालसम्म कोरोनाको आशंकामा चीनबाट स्वदेश ल्याएर क्वारेन्टाइमा राखिएका १ सय ७५ जना नेपालीसहित २ सय १७ जनामा कोरोनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिसकेको छ । तर हालसम्म एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन लगायत विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण देखिदै गर्दा नेपालले भने २० लाख पर्यटक भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष’ मनाइरहेको छ ।

सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क पनि राख्यो । तर, त्यो हेल्थ डेस्क पर्यटन वर्ष लक्षित कार्यक्रमका लागि मात्र थियो ।

पर्यटक लक्षित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका थिए ।

चीनमा कारोनाको त्रास फैलिएपछि सरकारले पर्यटन वर्षलाई लक्षित गरेर परिचालन गरेको स्वास्थ्यकर्मी चीनबाट स्वदेश फर्किने नेपाली तथा विदेशी पर्यटकको स्वास्थ्य जाँचमा खटिन थाले ।

चीनबाहेक अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीलाई चीन सहित ५ वटा देशबाट नेपाल आउनेहरुको कडा स्वास्थ्य निगरानी गर्न केही दिन अघि निर्देशन समेत दिइसकेको छ ।

अहिले त्रिभुवन विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने प्रत्येक व्यक्तिलाई थार्मोमिटरबाट ज्वरो परीक्षण तथा स्वास्थ्य जाँच गरेर मात्र छाड्ने गरिएको विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले बताए ।

‘अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङसहित ५ वटा देशबाट नेपाल आउने सबैलाई इन्डिभिजल स्क्रिनिङ भइरेहको छ,’ पाण्डेले खबरहबसँग भने, ‘यी देशबाट आउने सबैलाई लाइनमा राखेर चेकजाँच गरेर मात्र विमानस्थल बाहिर निस्किन दिएका छौं ।’

हेल्थ डेस्कमा रहेका चिकित्सकले विमानस्थलबाट बाहिर निस्किनेहरुलाई थर्मोमिटरबाट ज्वरो हेर्ने र ज्वरो १ सय ४ डिग्री भन्दा बढि तापक्रम देखिएका बिरामीलाई अस्पताल पठाउने गरेको पाण्डेले बताए ।

विमानस्थलमा स्वास्थ्य परीक्षणको क्रममा कोरोनाको आशंकामा हालसम्म १० जना व्यक्तिलाई विमानस्थलबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको पाण्डेको भनाइ छ ।

‘हामीले हालसम्म विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो देखिएकाले १० जनालाई अस्पतालमा पठाएका छौं,’ पाण्डेले खबरहबसँग भने, ‘अस्पतालमा पठाइएकाहरु कोही विदेशी छन् । कोही नेपाली छन् । हामीले पठाएका व्यक्तिहरुमा कोरोना छैन भन्ने सुनिन्छन् ।’खबरहवबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑