काठमाडौं १५ फागुन /घरबारविहीन भएका बाढी पीडितका लागि गायिका अञ्जु पन्तले बस्ती बनाउन लागेकी छन् ।दुई वर्षअघि पर्सा जिल्लाको पर्टेर्वामा आएको बाढीले घरबारविहीन भएका बाढी पीडितका लागि पन्तले बस्ती बसाइदिन लागेकी हुन् ।
बाढी पीडितका लागि अञ्जु पन्त फाउण्डेनले निर्माण गरिरहेको यहि वस्ती निर्माणका लागिसघाउन गो फण्ड मी मार्फत सहयोगको अपील गरिएको छ । बाढीले पटेर्वाको बस्ती नै उजाड बनाएको थियो । उक्त गाउँका ३५ परिवारले सहयोगका लागि अपील गरेपछि फाउन्डेसनले बस्ती निर्माणको घोषणा गरेकी थिइन् ।
उक्त वस्ती निर्माणका लागि झण्डै ३ करोड ५० लाख खर्च लाग्नेछ ।पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् । उनले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताएकी छन् ।