• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज मगर दिवस : देशका केही स्थानीय तहमा मगर दिवसको अवसरमा सार्वजनिक बिदा

नेपाल पोस्ट दैनिक
    February 27, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १५ फाल्गुन / आज मगर समुदायको मगर दिवस । देशका केही स्थानीय तहले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । आज पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ ।

पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो। मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा गर्ने जनाएका छन्।

३८ औँ मगर दिवसलाई सफल बनाउन निस्दी गाउँपालिका–४ मित्याल झ्याल्टुङमा विशेष कार्र्यक्रम गर्ने तथा विभिन्न वडामा रहेका मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन गर्ने गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिए । निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोवास छ ।

मगर दिवसका अवसरमा रामपुरमा पनि भव्य मगर समुदायले विगतमा जस्तै भव्य कार्यक्रम गर्ने जनाएको छ। मगरको भाषा, कला तथा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै रामपुर मगर सङ्घ तथा एकीकृत मगर उत्थान समाजले कार्यक्रम गर्ने सङ्घका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले जानकारी दिए ।

पछिल्लो विभिन्न कारणले लोपउन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउर, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले ठूलो भूमिका खेल्ने एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर थापा हिस्कीले बताए ।

८४ प्रतिशत मगरको बस्ती रहेको पूर्वखोलामा पनि सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए। यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाले पनि मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन्।

विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ। कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑