लहान १३फाल्गुन/सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । लाहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । बिषेश (गोप्य) सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १९ तोला ९७ लाल सुन सहित प्रहरीले पक्राउ गरीएको हो।
पक्राउ परेका मोटरसाइकलमा सवार दुईटै जना लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अवस्थामा १९ तोला ९७ लाल सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।
मोटरसाइकल र सुनसहित पक्राउ गरी सिरहाको ठाडी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यसैगरी सिरहाको नेपाल प्रहरीले कर्जन्हा नगरपालिका ३ जनक चौक स्थित ईलाका प्रहरी कार्यलय बन्दीपुर बाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार ९:३० बजेको समयमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा स १० प ३४०२ नम्बरको मोटरसाइकलमा प्रतिबन्ध लागु औषध सहित एक युवा पक्राउ गरेका छन्।पक्राउ परेका युवा धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ टडिया बस्ने वर्षीय ३४ को तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र आफ्नो शरीरमा लुकाई छिपाई ल्याउदै गरेको डाईलेक्स डि. सी १००एम एल को ५ पिस नाईट्रोभेट ट्याब्लेट २२ एउटा पिस स्पास्मो ट्याब्लेट १५ पिस नेपालमा प्रतिबन्ध लागुऔषध सहित मोटरसाइकल र मान्छेलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थपनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
