समाचार

गायक मीका सिंहकी म्यानेजर सौम्या खानले गरिन् आत्महत्या

मुम्बइ / गायक मीका सिंहकी म्यानेजर सौम्या खानले आत्महत्या गरेकी छिन् । मीकाले इन्स्टाग्राममा यसको जानकारी दिएका छन् । पुलिसले सौम्याको शवको साथबाट कुनै सुसाइड नोट भने बरामद नगरेको बताइएको छ ।

रिपोर्टका अनुसार सौम्याले मुम्बइको अंधेरीमा निद्राको औषधी अधिक मात्रामा खाएर आत्महत्या गरेकी हुन् । सुसाइड नोट बरामद नभएका कारण पुलिले दुर्घटनावश मृत्यु भएको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सौम्याको शवलाई पंजाबमा बस्ने उनका आफन्तको जिम्मा लगाइएको छ । उनको अन्तिम संस्कार भइसकेको बताइएको छ ।