लिबिया ९ फाल्गुन । ९१ जना शरणार्थी र आप्रवासीहरु बोकेको एउटा डुंगा समुद्रमा हराएको छ ।
युरोप छिर्नका लागि लिबियाबाट छुटेको उक्त डुंगा मेडिटेरियन क्षेत्रबाट बिहीबार हराएको हो । अधिकांश अफ्रिकन आप्रवासी र शरणार्थी थिए । जुन डुंगा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर टाढा पर्ने अल कर्बुली भन्ने ठाउँबाट फेब्रुअरी ८ मा छुटेको थियो ।
घटनापछि इटाली, माल्टा र लिबियाका अधिकारीहरुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सीमा क्षेत्रका लागि काम गर्ने ईयूको निकाय ‘फ्रन्टेक्स’ले भने हराएको डुंगा खोजीका लागि विमान परिचालन गरेको जनाएको छ । गत वर्ष ४ सय १७ यात्रुसहित सातवटा डुंगा हराएका थिए । अन्नपूर्ण पोष्टबाट