गौशाला ८ फाल्गुन /महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा बाँदरले आतक मचाएका छन ।यसै पालिका भित्र वडा न.९ डुवरवन्हामा पचिस किसानकाे र वडा न१०, ११ वटाैवामा पचास किसानले उव्जाएकाे उँखु, भन्टा,आलु,सिम,हल्दी लगायत माैसमि वालि नालि नस्ट गरेकाे वडा न. ९कका किसान राम विनाेद महताेले जनाए ।
दुई सयकाे हराहारिमा रहेका वाँदर दस विगहामा लगाए वालि नालि नष्ट गरेकाे जनाएका छन ।नजदिकमा जंगल भएकाेले बाँदरहरु आउने गरेका छन । पहिले अाउने नगरेकाे तर अहिले आउन थालेकाेले लगाएकाे वालि काटने अवस्थामा रहेकाेले बाँदरकाे डरले खेतमा काटन जान डर लागिरहेकाे छ उनिहरुले बताए। बीउ विजन महाँगाेमा खरीद गरेर वालि लगाईएकाे तर काटने समयमा बाँदरले आतक मचाए पछि किसानहरुलाई दुःखित बनाईएकाे किसानहरुले बताए।
यस वडा लगायत उत्तरी भेगमा पर्ने गाउँहरुमा पनि बाँदरले दुःख दिने गरेकाे छ।तर जिम्मेवार निकायहरुले कुनै ध्यान नदिएकाे चिन्ता व्यक्त गरे। बाँदर जंगलि जनावर भएकाेले किसानहरुले आ आफ्नाे बालिनालिकाे सुरक्षा आफै गर्नु पर्ने भएकाेले यसमा जंगल विभागले तत्काल केही गर्न नसकने बरु बाँदरलाई आउन नदिने उपायहरुकाे बारेमा छलफल गरि ठाेस कदम चाल्ने सम्बन्धित निकायले वताए।
