दोलखा/दोलखाको मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिकामा भएका सम्पुर्ण बालबालिकाको अभिलेख राख्ने भएको छ ।
गाउँपालिकाले यो वर्षबाट पालिकामा भएका सबै बालबालिकाको अभिलेख राख्न पालिकामा रहेका बालबालिकाहरूको संख्या, विद्यालय जाने बालबालिकाहरूको संख्या समेत तथ्याङ्क राखिने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो ।
गाउँपालिकाले बालबालिकाहरूको छुट्टै अभिलेख राखी बालमैत्री अभियानका कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यका साथ बालबालिकाको छुट्टै अभिलेख राख्न लागिएको हो । गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरा कुमार थोकरले बताउनुभएको छ ।