गौशाला/महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे साेच नभएकाे कारण पर्यटन स्थल बन्न नसकेकाे हाे ।स्थानिय सरकार तथा प्रदेश सरकारले अन्नदेखि गरेकाे कारण पर्यटन स्थल बन्न नसकेकाे गाैशाला उधाेग वाणिज्य संघका नि .वर्तामान अध्यक्ष राजा राम गिरिले जनाए।अता न. पा.काे साेच नभएकाे हाेईन तर साेच अनुसार काम नभएकाे उप प्रमुख आशा लामाले बताईन ।यस पालिका भित्र रहेकाे पाेखरीहरुलाई व्यवस्थित बनाउने याेजना रहेकाेले चाँडै काम थालिने छ तर पर्यटन स्थलकाे लागि पचाईन नदिलाई ठेका पट्टा दिएकाे भए पनि आन्तरिक विवादकाे कारण काम नभएकाे स्वीकार गर्दै हामिहरु फेरि बसि विवाद समाधान गरेर कार्यलाई अगाडि बढाउने छाै लामाले बताईन।
यसै नगरपालिका वडा न .६ फुलकाहामा रहेकाे राेपनि नदि र वडा न. ३ मा रहेकाे पचाईन नदि पर्यटन लायक रहेकाेले यसलाई समयमा सद्पयाेग नगरेकाे कारण पर्यटन स्थल बन्न नसकेकाे अ. न. रा. स. व्युकाे वरिष्ठ केन्द्रीय सदस्य सुर्य नारायण साहले जनाए। ठाउँ बनाउनकाे लागि दृष्टिकाेण हुनु पर्छ दृष्टि काेण भएमा मात्र पर्यटन स्थल बन्न सक्छ। गाैशाला वजारकाे जति आम्दानि रहेकाे छ त्यहि पैसामा ठुल ठुला पर्टन स्थल बनाउन सकिन्थ्याे तर दृष्टिकाेण नभएकाे कारण बन्न नसकेकाे हाे ।अव निकट भविष्यमा गाैशाला महाेत्सव हुने भएकाेले प्रचार प्रसार गरेर महाेत्सव सहित पर्यटन स्थलकाे निर्माणकाे प्रक्रिया अगाडि बढाएकाे भए गाैशाला नगरपालिकालाई पर्यटन स्थल बनाउन थप मदत पुगने थियाे ।
पर्यटन स्थलमा थप टेवा पुरयाउनकाे लागि यहाँ दुर्गा मन्दिर,जानकि मन्दिर,गणेश मन्दिर,हनुमान मन्दिर,गाई गाैशाला र राधेकृष्ण मन्दिर रहेका छन जस मध्ये बाट प्रसिद्व दुर्गा मन्दिर र गणेश मन्दिरकाे निर्माण कार्य सम्पन्न भईसकेकाे छ तर बाँकि रहेका मठ मन्दिरहरु बर्षाै वर्ष देखि झिर्ण अवस्थामा रहेकाले यी सबै मन्दिरहरुकाे निर्माण कार्य पुरा भए पनि ठाउँकाे व्यवस्थित राम्राे सँग भएमा गाैशाला न. पा.लाई पर्यटन स्थल बन्नमा टेवा पुग्ने साधु सन्तहरुले बताए ।गाैशाला बजार गाई गाैशालाले प्रसिद्व भएकाेले यसमा कुनै ग्राहाे हुने छैन ।गाैशाला वजार बाहेक वडा न.११मा ईमलि वजारमा रहेकाे हनुमान मन्दिर, वडा न.१० वटाैवामा रहेकाे शिवलिगंकाे मन्दिर र वडा न.१२कान्तिवजारमा रहेकाे दुर्गा मन्दिर प्रख्यात रुपमा रहेका स्थानियहरुले बताए।