• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

श्रीमान‍्ले एस्तो भनेपछि जापानी मोडलले विवाहको एक हप्ताभित्रै गरिन् डिभोर्स

नेपाल पोस्ट दैनिक
    February 16, 2020  मा प्रकाशित

Spread the love
      

जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान‍्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् ।
२९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पारखी पनि हुन् ।

तर उनका श्रीमानले कहिल्यै पनि सोचेका थिएनन् कि उनकी श्रीमतीको खर्च गर्ने बानीले उनको व्यवसायलाई नै धरापमा पार्नेछ । नाम नखुलाइएका रियल स्टेट व्यापारीले यी मोडललाई सन् २०१९ मे देखि डेटिङ गर्न थालेका हुन् । विवाह हुनु साढे तीन महिना अघि उनले ती व्यावसायीको ९.१ मिलियन डलर (करिब १ अर्ब रुपैयाँ बढी) खर्च गरिन् । यति हुँदा हुँदै पनि उनले सारीसँग विवाह गरे तर विवाहको पहिलो हप्तामा उनले श्रीमतीलाईआफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न आग्रह गरे ।

श्रीमानको यस्तो आग्रह उनलाई चित्त बुझेन तसर्थ सम्बन्धविच्छेदको माग गरिन् ।केहि दिन अघि रिलिज भएको युट्युब भिडियोमा कातो सारीले छुट्टिएको ६ महिनापछि सम्बन्धविच्छेद टुङ्गो लगाएको जानकारी दिइन् । ती मोडलले श्रीमानले खर्च कम गर्न भनेपछि विवाहको पहिलो हप्तामा नै सम्बन्धविच्छेदको निवेदन दिएको जानकारी दिइन् ।

‘उनीसँग विवाह भएको के अर्थ भयो र ? श्रीमतीको खर्च गर्ने बानी थेग्न नसक्ने गरिब व्यक्तिमाथि मेरो कुनै रुची छैन,’ उनले भिडियोमा भनिन् ।कातो सारीले पैसाका लागि ती व्यक्तिसँग विवाह गरेको प्रशंसकसामू स्विकारिन् । उनले आफ्नो श्रीमानको पैसाले महँगा कार, गहना र लुगाफाटो किन्न सक्दिनन् भने उनीसँग विवाहको के औचित्य रह्यो भन्ने प्रश्न गरेकी छिन् ।

उनका अनुसार महिलाले गर्भावस्था, बच्चा जन्माउने, हुर्काउनेलगायतका जैविक प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ जबकी पुरुषले आफ्नो परिवार र बालबच्चाका लागि पर्याप्त पैसा जुटाउनुपर्छ । ती मोडलको यस्तो खुलासा र विवाहप्रतिको उनको धारणा कतिजनालाई फिटिक्कै चित्त बुझेको छैन जसलाई उनीहरुले कमेन्टमार्फत् पोखेका छन् ।

यहाँ खराब आचरण भएका थुप्रै महिला छन् तर उनी त अर्कै स्तरकी रहिछिन्,एक व्यक्तिले युट्युबमा कमेन्ट गरेका छन् ।यी महिला देखेर साह्रै दया लाग्यो । अहिलेसम्म उनले राम्रो जीवन बाँचेकी छैनन् जस्तो लाग्यो । यी महिलाको के नै राम्रो छ ? अनुहार हेर्दा मर्नै लागेको जस्ती छिन् । अचम्म छ,’ अर्काले लेखे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑