देश बाहिर · प्रवास · समाचार

कारोना भाइरसबाट मृत्यू भएको संख्या २ सय ४२ पुग्यो

वुहान १ फालगुन । चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । नयाँ संक्रमण भएका मानिसको संख्याा पनि ह्वातै बढेको छ ।

साथै थप १४ हजार ८ सय ४० मानिसहरुमा उक्त भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबेइ प्रान्तका सचिव  हटाएर शाङगाईका पार्टी प्रमुखलाई पठाइएको छ । हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो । केही दिनअघि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको थियो।

चीनमा भाइरस संक्रमित भएका मध्ये ८० प्रतिशत मानिस हुबेइका छन् । उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसलाई मात्र संक्रमण पुष्टि भएको तथ्याङकमा राखेका छन् ।

नयाँ संक्रमण भएका कुल १४ हजार ८ सय ४० मध्ये १३ हजार ३ सय ३२ जनामा नयाँ विधिबाट रोग लागेको पुष्टि भएको थियो। अहिलेसम्म उक्त प्रान्तमा संक्रमण भएका व्यक्तिको संख्या ४८ हजार २ सय ६ पुगेको छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।