धर्म-संस्कार

सिरहाको पिप्रामा डगरनी मेला महोत्सव शुरु

अञ्जन साह सिरहा २७ माघ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वार्ड १ पिप्रामा रहेका ढ्गर्नि मन्दिरमा डगरनी मेला महोत्सव सुरु भएको छ । महोत्सवमा भजन किर्तन, भागवत तथा कलशयात्रालाई सम्वोधन गर्दै सम्पूर्ण गाउँबासी लगयत पिप्रा आधरभूत विधालयका प्रधान अध्यापक विनोद ठाकुरले ढ्गर्नि थानलाई पर्यटकिय स्थलको रुपमा विकास हुनु पर्ने बताएका छन ।

कलशयात्रामा सम्पूर्ण गाउँबासी विभिन्न दलका नेताहरु,कर्मचरी , बुद्धिजिवी लगायते स्थानियहरुको हजारौ संख्यामा सहभागी रहेको थियो ।

ढ्गर्नि थानमा सुरु भएको पुजा तथा मेला महोत्सव माघ २९ गते सम्म चल्ने र सँगै विभिन्न किसिमका सँस्कृतिक कार्यक्रम ,खेला, रमझुल्ला स्थानिय सांस्कृति जोगाउने नाचगान समेत रहने मेला समितिका अध्यछ बिसेस्वर यादवले बताएको छ।
ढ्गर्नि मन्दिर निमार्णका लागि विभिन्न व्यत्तिहरु तथा स्थानिय बासीहरुको अर्थिक सहयोग गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।