धर्म-संस्कार

पुजाको नाममा अश्लिल गीत र डि जे साउन्डको विग विगि पालिकाहरु मौन

नरेन्द्र महतो गौशाला १७ माघ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित रहेका सामुदायिक तथा निजि विधालयहरुमा विहिवार वडो हुलामय तरिकाले विद्या कि धनि कि देवी सरस्वती माताको पुजापाठ गरि सम्पन्न भएका छन।

विधार्थी, वुद्विविजी, व्यापारी विभिन्न व्यक्तिहरुले प्रत्येक वर्ष झै यस वर्ष पनि श्रीपंचमि दिन सरस्वती माताको पुजा आर्चना गरि समन्ने गरे । तर प्रत्येक वर्ष झै यस वर्ष पनि विधालयहरुमा डि जे र अश्लिल गितहरु गौशाला, औरही, रामगोपालपुर, सम्सी तथा सोनमा पालिका अन्तर्गतका विधालयका विधार्थीहरु नाच गानमा मस्त रहेको दृष्य देखा परे तव त्यो विधालय नभएर कुनै आर्केष्ट्रा पुरुग्राम जस्तो भईरहेको देखिन्थ्यिो, जसलाई लिएर अभिभावकहरुले आ आफ्नो तवर बाट टिका टिप्णी गरे।

यो विधालय भएकोले विधार्थीहरुलाई अनुशासनमा रहेर संस्कृति कार्यक्रमा भाग लिनु परथियो, गीत संगीतहरु पनि धेरै किसिमका रहेका छन तर त्यस्तो गित संगीत र नृत्य देख्न नपाएकोमा गौशाला वडा न. २ का अभिभावक वीरेन्द्र कुमार सिंह दुःख व्यक्त गरे साथै अभिभावकहरुले स्थानिय सरकारलाई दिएको अधिकार पालिकाले उचित समयमा कार्यवन्य नगरेको कारण डि जे र अश्लिल गितहरु बजाउनमा रोक लगाउन नसकेमा चिन्ता व्यक्त गरे ।

सरस्वती माताको पुजाको दिन भएकोले
धेरै अभिभावकहरुले आ आफ्नो छोरा छोरिहरुलाई सरस्वती पुजाको दिन देखि नै विधालयमा नाम लेखाई पढाई लेखाईको शुरुवात पनि गरेका छन ।

विहिवारका दिन सोनमा गाउँपालिका वडा न. ४ मगरथाना र गौशाला नगरपालिका वडा न. ११ बटौवामा रहेको शिवलिंगका मन्दिर श्रद्वालु भक्तजनहरुको भिडले भरि भराउ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।